कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस « Khabarhub

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) उम्मेदवारका लागि १७ जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ आठ, समानुपातिकतर्फ ६ तथा  राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको हो । आकांक्षी धेरै भएपछि केन्द्रीय मापदण्डभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरिएको जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए ।

प्रत्यक्षतर्फ पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेवतीप्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’, पूर्व पार्टी सभापति कमलप्रसाद भुसाल,  छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष तथा युवा नेता लेखनाथ पोख्रेल, महाधिवेशन प्रतिनिधि डा मुिक्तराम श्रेष्ठ, डा जयबहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ र पार्टी उपसभापति बाबुराम पौडेल को नाम सिफारिस गरिएको जिल्ला सभापति श्रेष्ठले बताए ।
 
यस्तै समानुपातिकतर्फ पूर्व उपसभामुख पुष्पा भुसाल, निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णुप्रसाद अर्यालको नाम सिफारिस गरिएको छ । 

राष्ट्रियसभाका लागि पूर्व सांसद डा रामबहादुर विसी, पूर्व पार्टी सभापति तथा जिल्ला समन्वय समितिका पूर्व सभापति पिताम्बर शर्मा भुसाल र कांग्रेस पूर्व केन्द्रीय सदस्य बालकृष्ण पाण्डेको नाम सिफारिस गरिएको जिल्ला सभापति श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  २ : ५९ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि