युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी « Khabarhub

युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा शुक्रबार मस्कोको सेना युक्रेनको युद्धभूमिमा निरन्तर अगाडि बढिरहेको र क्रेमलिनले तय गरेका सैन्य लक्ष्यहरू अन्ततः हासिल हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

वर्षको अन्त्यमा आयोजित उक्त पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनले रुसी सेनाले ‘रणनीतिक पहललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको’ दाबी गरे र वर्षको अन्त्यसम्म थप उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । उनका अनुसार युद्धभूमिमा रुसको स्थिति क्रमशः मजबुत बन्दै गएको छ ।

रुसको ठूलो र सुसज्जित सेनाले पछिल्ला महिनाहरूमा युक्रेनमा अपेक्षाकृत सुस्त भए पनि स्थिर प्रगति गर्दै आएको छ । यसै सन्दर्भमा आयोजित वार्षिक प्रत्यक्ष समाचार सम्मेलनलाई राष्ट्रव्यापी कल–इन कार्यक्रमसँग जोडिएको थियो, जसले देशभरका रुसी नागरिकहरूलाई करिब २५ वर्षदेखि देशको नेतृत्व गरिरहेका राष्ट्रपति पुटिनलाई प्रत्यक्ष प्रश्न सोध्ने अवसर प्रदान गर्दछ । 

राष्ट्रपति पुटिनले यस मञ्चलाई आफ्नो राजनीतिक प्रभाव सुदृढ पार्न तथा घरेलु र अन्तर्राष्ट्रिय मामिलामा आफ्नो धारणा सार्वजनिक गर्न नियमित रूपमा प्रयोग गर्दै आए ।

यस वर्षको सम्मेलनमा विशेषगरी युक्रेन युद्ध र त्यससँग सम्बन्धित अमेरिकी समर्थनमा अघि सारिएको शान्ति योजनामाथि राष्ट्रपति पुटिनले के प्रतिक्रिया दिन्छन् भन्ने विषयलाई पर्यवेक्षकहरूले चासोका साथ हेरिरहेका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा सेना पठाएपछि सुरु भएको करिब चार वर्ष लामो युद्ध अन्त्य गर्न व्यापक कूटनीतिक दबाब दिँदै आएका छन् । तर वासिङ्टनको पहल मस्को र किएभका एक–अर्कासँग ठोक्किने मागहरूका कारण ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

राष्ट्रपति पुटिनले द्वन्द्वका ‘मूल कारणहरू’ लाई सम्बोधन गर्ने शान्तिपूर्ण समाधानका लागि मस्को तयार रहेको दोहोर्‍याए । यो अभिव्यक्तिलाई क्रेमलिनले अघि सारेका कडा सर्तहरूसँग जोडेर हेरिएको छ । 

यसै हप्ताको सुरुमा उनले किएभ र त्यसका पश्चिमी सहयोगीहरूले मस्कोका मागहरू अस्वीकार गरेमा रुसले युक्रेनमा आफ्नो सैन्य लाभ थप विस्तार गर्न खोज्ने चेतावनी पनि दिएका थिए ।

रुसी नेताको चाहना अनुसार हाल रुसी सेनाले नियन्त्रणमा लिएका युक्रेनका चार प्रमुख क्षेत्रहरूका साथै सन् २०१४ मा अवैध रूपमा अधिग्रहण गरिएको क्रिमियन प्रायद्वीपलाई रुसी भूभागका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने उनको अडान छ । 

साथै, उनले युक्रेनलाई पूर्वी युक्रेनका केही क्षेत्रहरूबाट फिर्ता लिन आग्रह गएका छन्, जहाँ हालसम्म मस्कोको सेनाले पूर्ण नियन्त्रण स्थापित गरिसकेको छैन । यी मागहरूलाई किएभले स्पष्ट रूपमा अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : ५६ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण