निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल « Khabarhub

निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथि उठाउँदै विश्वास पुनः स्थापना गर्नु आजको मुख्य आवश्यकता भएको बताएका छन् ।

नवलपुर उद्योग वाणिज्य संघको ११औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले राजनीतिक अस्थिरता, असरुक्षा र अन्योलका कारण आर्थिक गतिविधि चलायमान हुन नसकेकोले र निजी क्षेत्रको मनोबलमाथि नउठेसम्म आर्थिक गतिविधि चलायमान हुन कठिन हुने धारणा राखे ।

हरेक आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग, व्यवसायमा प्रहार हुने गरेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले यस्तो अवस्थाले लगानी वातावरण थप कमजोर हुने धारणा राखे । 

नेपालमा व्यवसायीले गरेको योगदानको चर्चा भन्दा नकारात्मक प्रचार बढी हुने गरेको उल्लेख गर्दै यस प्रकारको धारणामा परिवर्तन आवश्यक भएको बताए । 

‘देशमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र, राजस्वमा योगदान गर्ने निजी क्षेत्र तर हरेक आन्दोलनमा निजी क्षेत्र तारो बन्ने गरेको छ । अब जुनसुकै प्रदर्शन या आन्दोलनमा निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने सन्देश आमरुपमा प्रवाह गर्नु पर्दछ’, उनले भने ।
 
भाद्र २३ र २४ को गतेको प्रदर्शनका क्रममा भएको गलत घुसपैठबाट उद्योग व्यवसाय देखि उद्यमी व्यवसायीका शयन कक्षसम्म आगो लागेको, लुटपाट भएको र अर्बौँको क्षति भएको अवस्थामा दण्डहीनताले प्रशय पाउन नहुनेमा अध्यक्ष ढकालको जोड थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा धेरै नीतिगत सुधार भएको उल्लेख गर्दै उनले नेपालमा अथाह सम्भावना भएको र ती सम्भावनाहरूबाट नेपालमै अवसर सिर्जना गर्नु पर्ने बताए ।

उनले देशमा ठूला पूर्वाधार परियोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै देशमै छरिएर रहेको पुँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नु पर्ने बताए । 

अध्यक्षका ढकालले त्यसैको लागि महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरि काम शुरु गरिएको जानकारी दिँदै यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पुँजीको अभाव नहुने बताए । उनले नवलपरासिको धौवादी फलाम खानी सञ्चालनका लागि पनि सहकार्य गर्न सकिने धारणा राखे ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ५ : २५ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई

सहकारीको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं– सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा

धानको न्यूनतम समर्थन मूल्य : मोटो प्रतिक्विन्टल ३६६० र मध्यम ३८६० रुपैयाँ

काठमाडौं– सरकारले आगामी आर्थिक बर्षका लागि धानको न्यूनतम समर्थन मूल्य