स्वास्थ्यमन्त्री शर्मा र डब्लुएचओका महानिर्देशकबीच भारतमा भेटवार्ता  « Khabarhub

स्वास्थ्यमन्त्री शर्मा र डब्लुएचओका महानिर्देशकबीच भारतमा भेटवार्ता 


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम घेब्रेयससबीच भारतको नयाँ दिल्लीमा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ ।

भेटका क्रममा स्वास्थ्यमन्त्री शर्माले नेपालमा मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, प्रजनन स्वास्थ्य, आप्रवासी स्वास्थ्य, स्वास्थ्य बीमा कार्यक्रम तथा औषधि खरिद र व्यवस्थापन प्रणालीमा सुधार ल्याउन नेपाल सरकारले चालेका कदमहरूबारे विस्तृत छलफल गरेकी छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोसले स्वास्थ्य क्षेत्रमा नेपाल सरकारले देखाएको उच्च प्रतिबद्धता र प्राथमिकताहरूको प्रशंसा गेरेकी छन् । 

उनले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउँदै तय गरिएका लक्ष्यहरू हासिल गर्न डब्लुएचओको तर्फबाट निरन्तर प्राविधिक तथा रणनीतिक सहयोग उपलब्ध गराइने आश्वासन पनि दिएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ५ : ४३ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।