फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल « Khabarhub

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्ज चुनदेवीबाट पक्राउ गरेको हो ।

अग्रवाललाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।

बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन,२०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा सेयर बेचेको पाइएको सीआईबीले जनाएको छ ।

अग्रवालले ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानूनविपरीत नाफा आर्जन गरेको खुलेकव छ। अन्य टीएमएस प्रयोग गरी आपसी खरिद–विक्री तथा आफन्त तथा सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको पाइएको छ ।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले त्यही ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको पाइएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको सीआईबीले शुक्रबार जानकारी दिएको छ। उनी यस्तै प्रकरणमा यसअघि पनि पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ८ : ०२ बजे

खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम

काठमाडौं– राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि

नवलपरासीमा आगलागी : बाह्र घर जले, चार  करोड बढीको क्षति

नवलपरासी– पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन्

म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती