काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् ।
सभापति देउवाले आफ्नै निवास धुम्बाराहीमा उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न लागेका हुन् ।
बैठकमा यही पुस २६ गतेका लागि तय भएको पार्टीको केन्द्रीय महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ । साथै महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।













प्रतिक्रिया