काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा गर्दै छ ।
बागमती, विशेष र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा दिउँसो १२ बजे भृकुटीमण्डमा हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपाका अनुसार नेताकार्यकर्ताहरू सुनधारा, न्युरोड, रत्नपार्कमा जम्मा भएर बागबजार, पुतली सडक, पद्मोदय मोड हुँदैन भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ । सभामा ५० हजार बढी मानिस सहभागी हुने नेकपाले दाबी गरेको छ ।
सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल, नेताहरू झलनाथ खनाल, भीम रावल, वामदेव गौतमलगायतले सम्बोधन गर्नेछन् ।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० भन्दा बढी दल मिलेर गत कात्तिक १९ गते नेकपा गठन भएको थियो ।
नेकपाले यसअघि विभिन्न प्रदेशमा पार्टी एकताको सन्देश सभा गरिसकेको छ ।













प्रतिक्रिया