मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष तालिमप्राप्त जनशक्तिको आवश्यकता रहेको रूसी उद्योग तथा व्यापार मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ला दुई वर्षमा १९ हजारभन्दा बढी जनशक्तिलाई यस क्षेत्रमा तालिम दिइसकिएको छ ।
उद्योग क्षेत्रको माग पूरा गर्न र उच्च सीप भएका ड्रोन सञ्चालक आकर्षित गर्न सरकारले सम्बन्धित औपचारिक शैक्षिक योग्यता नभएका नागरिकलाई पनि नागरिकस्तरका प्रमाणपत्र प्राप्त गर्ने अनुमति दिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार ड्रोन तथा स्वचालित प्रणालीको विकासलाई तीव्र बनाउने उद्देश्यले औद्योगिक प्रतिष्ठान, साना प्रविधि कम्पनी, साथै नागरिक आविष्कारक र विकासकर्ताका प्रयासलाई एकीकृत गरिएको छ ।













प्रतिक्रिया