आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह « Khabarhub

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् ।

शनिबार नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोश्रो अधिवेशन उद्‌घाटन गर्दै मन्त्री खरेलले गलत व्यक्तिलाई चयन गरेर पाँच वर्ष रुनुभन्दा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गरे । देशले परिवर्तन मागेको अवस्थामा युवाहरूबाटै नेतृत्व खोज्नुपर्ने उनले बताएका छन् ।

मन्त्री खरेलले जुनसुकै पार्टीको भएपनि राम्रा व्यक्तिलाई चयन गर्न समयमा नै विवेक पुराउनुपर्नेमा जोड दिए । उनले छोटो समयमा लागि गठन भएको वर्तमान सरकारको म्यान्डेड चुनाव भएपनि सुशासन र भ्रष्टाचार अन्त्यका लागि समेत गम्भीर भएर काम गरिरहेको धारणा राखे ।

उनले तीन महिनाको अवधिमा ३० भन्दा बढि ठूला मुद्दा अदालत पुगेको र ८ भन्दा बढि पूर्वमन्त्रीहरू अनुसन्धानको दायरामा आएको बताए

खरेलले भ्रष्टाचारको अनुसन्धानका वर्तमान सरकारले कुनै दवाव नदिने स्पष्ट पारे ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ४ : ५१ बजे

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल