डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु « Khabarhub

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ । देशका दुई प्रमुख दूरसञ्चार सेवा प्रदायक ‘डाइलग एक्सियाटा’ र ‘श्रीलङ्का टेलिकम मोबिटेल’ ले व्यावसायिक रूपमा ५–जी सेवा सुरु गरेका छन् ।

श्रीलङ्का टेलिकम मोबिटेलले शुक्रबार कोलम्बोस्थित वन गाल फेस किनमेल केन्द्रमा सेवा सुरु गर्दै उच्च गतिको इन्टरनेट तथा ५–जी प्रविधिका अनुप्रयोगहरू प्रदर्शन गरेको थियो । श्रीलङ्का टेलिकम समूहका अध्यक्ष मोथिलाल दे सिल्भाले ५–जी प्रविधिले डेटा आदान–प्रदानलाई छिटो बनाउने मात्र नभई कृत्रिम बौद्धिकता आधारित सेवाहरूको प्रयोगमा पनि व्यापक योगदान दिने बताए ।

डाइलग एक्सियाटाले बिहीबार ‘डाइलग ५–जी अल्ट्रा’ सेवा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । देशभर रहेका दुई सयभन्दा बढी सक्रिय ५–जी केन्द्रमार्फत यो सेवाले पन्ध्र लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा प्रदान गरिरहेको छ ।

डाइलग एक्सियाटाका समूह प्रमुख कार्यकारी अधिकृत सुपुन वीरासिंहेले ५–जी सेवा श्रीलङ्काको डिजिटल संरचना बलियो बनाउन र भविष्यमा नवप्रवर्तन, उत्पादनशीलता तथा डिजिटल पहुँच विस्तार गर्न महत्वपूर्ण कदम रहेको बताएका छन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ३ : ०२ बजे

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ