गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले क्षतिग्रस्त गोरखा र धादिङ जोड्ने आरुघाट पुल मर्मतको काम तीव्र गतिमा अघि बढेको छ ।
बाढीले भत्काएको पुलको भागमा अस्थायी पुल राख्नका लागि बेस निर्माण भइरहेको छ । विजयादशमीअघि नै बेलिब्रिज राख्ने तयारी गरिएको छ ।

८५ मिटर लामो पुलको २५ मिटरको आरसीसी भागमध्ये गोरखातर्फको २२ मिटर बाढीले बगाएको छ । पुलको बाँकी ६० मिटर लामो ट्रस भाग भने सुरक्षित रहेको छ ।
बाढीले पुलमा क्षति पुर्याएपछि गोरखा र धादिङबीचको आवागमन प्रभावित भएको छ । बेलिब्रिज जडान भएपछि आवागमन सहज हुने अपेक्षा गरिएको छ ।























प्रतिक्रिया