तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड « Khabarhub

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड ५९  लाख ८२ हजार रुपैयाँको बजेट विनियोजन भएकामा अहिलेसम्म करिब सात करोड २५ लाख रुपैयाँ मात्र खर्च भएको पालिकाले जनाएको छ ।

सो गाउँपालिकाको १७औँ हिउँदे अधिवेशनका अवसरमा अध्यक्ष नन्दप्रसाद चौलागाईंले प्रक्रियागत झन्झटका कारण पुँजीगततर्फ जम्मा पाँच लाख रुपैयाँ मात्र खर्च भएको जानकारी दिँदै प्रस्तावित योजना तथा कार्यक्रम सञ्चालन भइरहेकाले विकास खर्चतर्फ उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरे ।

हिउँदे गाउँसभाले कार्यालयको कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न पाँच वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड पारित गरेको जानकारी दिँदै अब आवश्यक व्यवस्थासहित बेरुजु फर्छ्यौटलाई आफूले प्राथमिकतामा राखेको बताए ।

गाउँसभाले कानुनी सल्लाहकार, कर्मचारी प्रोत्साहन कोष सञ्चालन, सहुलियत कृषि ऋण लगानी तथा असुली, अपाङ्गता र आकस्मिक प्रसूतिसम्बन्धी कार्यविधि, २०८२ समेत गरी पाँच वटा कार्यविधि पारित गरेको अध्यक्ष चौलागाईंले जानकारी दिए । 

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतका अनुसार सार्वजनिक लेखासमितिको प्रगति प्रतिवेदन, २०८२ पारित भएको र चालु आवमा कार्यान्वयन हुने गरी विनियोजन भएका तर अहिले संशोधन गर्न आवश्यक रहेका २८ वटा योजना  तथा कार्यक्रम संशोधन गरिएको छ ।
 

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ५ : ५१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन