अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ « Khabarhub

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पहिलो तारेख लिन सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।

तारेख बुझ्न जिल्ला अदालत काठमाडौंमा हाजिर हुने क्रममा उनले सञ्चारकर्मीसँगको छोटो कुराकानी गरे ।

त्यस क्रमममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको गुन तिर्न अदालतमा हाजिर भएको बताएका छन् ।

‘गुण लगाइदिनुभएको छ नि केपी ओलीजीले, त्यही तिर्न आइरहेको छु। सबै जिल्ला अदालतमा जानुपर्ने छ’, उनले भने, ‘जिउभरी ठाउँ-ठाउँमा किला ठोकेको जस्तो भएको छ। सात दिनभित्र सबै अदालत हाजिर हुनुपर्नेछ।’

उनले शरीरमा विष अझै बाँकी रहेको बताए । उक्त विष झार्दै अघि बढ्न आफू तयार रहेको पनि बताएका छन् ।

एमाले अध्यक्ष ओलीले आइतबार मात्रै एक टेलिभिजन अन्तर्वार्ताका क्रममा रविलाई कयौँ गुण लगाए पनि अहिले आफैंलाई विरोध गर्दै हिँडेकोमा आश्चर्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ४ : ५८ बजे

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस