काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र भदौ २४ गतेको घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा बयान दिएका छन् ।
आयोगले साहलाई सोमबार बयानका लागि बोलाएको थियो । मेयर आयोगको हरिहर भवनस्थित कार्यालयमा पुगेर बयान दिएका हुन् ।
जेन-जी आन्दोलनका क्रममा भएको विध्वंस र हताहतीको घटनाबारे आयोगले अनुसन्धान गरिरहेको छ ।
सरकारले गौरीबहादुर कार्की नेतृत्वमा अलग्गै जाँचबुझ आयोग पनि बनाएर काम गरिरहेको छ ।
जाँचबुझ आयोगले यही हप्ताभित्र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग बयान लिने तयारी गरेको छ ।
उनीहरु दुवैजनालाई बयानका लागि पत्राचार गरिएको आयोगक श्रोतले जनाएको छ। तर ओलीले कुनै हालतमा बयान नदिने अडान लिएका छन्।













प्रतिक्रिया