जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान « Khabarhub

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र भदौ २४ गतेको घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा बयान दिएका छन् ।

आयोगले साहलाई सोमबार बयानका लागि बोलाएको थियो । मेयर आयोगको हरिहर भवनस्थित कार्यालयमा पुगेर बयान दिएका हुन् ।

जेन-जी आन्दोलनका क्रममा भएको विध्वंस र हताहतीको घटनाबारे आयोगले अनुसन्धान गरिरहेको छ ।

सरकारले गौरीबहादुर कार्की नेतृत्वमा अलग्गै जाँचबुझ आयोग पनि बनाएर काम गरिरहेको छ ।

जाँचबुझ आयोगले यही हप्ताभित्र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग बयान लिने तयारी गरेको छ ।

उनीहरु दुवैजनालाई बयानका लागि पत्राचार गरिएको आयोगक श्रोतले जनाएको छ। तर ओलीले कुनै हालतमा बयान नदिने अडान लिएका छन्।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : ०१ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक