मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन « Khabarhub

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको उद्घाटन गरेका छन्  । 

हेटौँडा उपमहापालिका–२ स्थित नेपाली कांग्रेस मकवानपुर कार्यालय परिसरमा निर्मित नेता सूर्यबहादुर डिमडुमको नाममा बनाइएको स्मृति भवनको आज उनले उद्घाटन गरेका हुन् । 

एक सभागृहसहित चार वटा कोठा र शौचालय रहेको स्मृति भवन हेटौँडास्थित विभिन्न सङ्घ संस्था र समाजसेवीको ४८ लाख ५५ हजार रुपैयाँ सहयोगमा निर्माण गरिएको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । 

कार्यक्रममा मुख्यमन्त्री बानियाँले मुलुकमा संसदीय प्रजातन्त्रको पुनः स्थापना गर्ने क्रममा कांग्रेस नेता डिमडुम नेतृत्वको मोर्चाले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहेको बताए । स्मृति भवनले स्वर्गीय नेता डिमडुमको स्मरणलाई चिरस्थायी बनाउने र यस्तो कार्यमा सहयोग गर्ने सबै धन्यवादका पात्र भएको बताए । 

मुख्यमन्त्री बानियाँले सोही अवसरमा विश्वेश्वरप्रसाद कोइराला स्मृति पुस्तकालयको पनि उद्घाटन गरे । उनले प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा रहेका विपन्न नागरिकको आयआर्जनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै समानुपातिक रूपमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उल्लेख गरे  । 

 कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति लामाले मुलुकका प्रमुख दलहरूले सत्ताको होडबाजीमा भन्दा जनताको विकासको चाहना सम्बोधन गर्न अग्रसर हुनुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ६ : ३५ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना