एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै  « Khabarhub

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

भर्चुअल माध्यमबाट महासचिव पोखरेलले सम्बोधन गर्ने


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह गर्नका लागि आज सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ ।

महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यमद्वारा एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन् । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलबाट महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार जिल्ला कमिटीमा पदाधिकारीदेखि सचिवालय सदस्यसम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन ‘जुम आइडी’ पठाइसकिएको छ ।

‘११औँ महाधिवेशनको प्रारम्भिक फैसला जनसमक्ष पुर्‍याउन आजको बैठक आयोजना गरिएको हो’ अधिकारीले भने, ‘महाधिवेशनले चुनेको नेतृत्व, यसको कार्यभार, वर्तमान राजनीतिक अवस्थालगायत विषयमा  महासचिवले प्रष्ट पार्नुहुनेछ ।’

यस्तै, एमालेले स्थानीय तहबाट भइरहेका गतिविधि, पार्टीसँगको समन्वय र महाधिवेशनले दिएको राजनीतिक कार्यदिशालाई स्विकारेर काम गर्न पार्टी पंक्तीमा निर्देशन पठाउने भएको छ ।

कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बैठकका बारेमा सबै जिल्ला कमिटीलाई जानकारी गराइसकिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ८ : २४ बजे

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

काठमाडौँ – हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ  – आज २०८३ साल जेठ ११ गते सोमबार। जेठ

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ११ गते सोमबार। जेठ

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का