निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण  « Khabarhub

निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण 


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा फरक फरक स्थानमा आयोजना गरिएका निःशुल्क आँखा परीक्षण शिविरहरूमा मोतियाबिन्दुको समस्या उच्च भेटिएको हो ।

स्याङ्जाको वालिङ नगरपालिकामा हालै आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ५१० जनाको परीक्षण गर्दा ४१ जना तथा घोडाघोडी नगरपालिकामा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या भेटिएको थियो ।

नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पतालद्वारा वालिङ नगरपालिकाको आयोजना तथा आइकेयर फाउन्डेसनको आर्थिक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

गेटा आँखा अस्पतालद्वारा घोडाघोडी– १ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले मोतियाबिन्दु देखिएका सबै बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।

हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख तथा नेत्र अधिकृत सुवास नेपालका अनुसार मोतियाबिन्दु देखिएका सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा चश्मा आवश्यक देखिएका ५६ जना बिरामीलाई निःशुल्क चश्मासमेत वितरण गरिएका थियो ।

हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. कृष्णा गुरुङको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो ।

अस्पतालले विभिन्न विकास साझेदारहरूसँगको सहकार्यमा गण्डकी प्रदेश तथा कर्णाली प्रदेशमा निःशुल्क शिविर सञ्चालन गर्दै आइरहेको छ ।

नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्दले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी–आँखा सेवामा साझेदारी’ भन्ने मूल नाराका साथ सङ्घले विभिन्न निकायसँगको सहकार्यमा अस्पतालको पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गरी वार्षिक आँखा शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।

उनले ग्रामीण क्षेत्रका न्यून आय, गरिब तथा विपन्न नागरिकहरू आर्थिक तथा भौगोलिक पहुँचको अभावका कारण स्वास्थ्य समस्या हुँदाहुँदै पनि उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै सङ्घले उनीहरूको घरआँगनमै पुगेर गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गरे ।

त्यसैगरी, सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सङ्घले हालसम्म देशका ६७ जिल्लामा स्थायी आँखा उपचार संरचना स्थापना गरिसकेको छ भने ७७ वटै जिल्लाका नागरिकलाई आँखा उपचार सेवाको पहुँचमा ल्याएको छ ।

सङ्घले स्थापनाकालदेखि सन् २०२४ को अन्त्यसम्म २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी कुल चार करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ ।

यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको सङ्घले जनाएको छ । (रासस)

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १० : १७ बजे

‘च्याउ उत्पादन र प्रवर्द्धन मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ’

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उत्पादन,

वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु पर्ने बाध्यता छ : कुलमान घिसिङ

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बुद्धको चित्र दिँदै प्रधानमन्त्रीले मागिन् दुर्गा प्रसाईंसँग निर्वाचन सफल बनाउन सहयोग

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल पार्नका लागि सहयोग

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको