मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते « Khabarhub

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन लाख मूल्य बराबरको क्षति भएको छ । एकजना घाइते भएका छन् ।

स्थानीय कविता सिंजालीको गोठमा आगलागी हुँदा गोठसहित त्यहाँ रहेको दुईवटा खसी, दुईवटा बोका र चारवटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

काठ र खरले छाएको गोठमा कुडो पकाउने क्रममा अचानक आगलागी हुँदा आगोले पोलेर ४४ वर्षीया सिंजाली घाइते भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । उनको स्थानीय मेडिकलमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीको भनाइ छ । यसअघि सोमबार पनि आगो ताप्ने क्रममा आगोले पोलेर मकवानपुरको बकैया गाउँपालिका–८, शिशिर दमारमा एक नबालिका गम्भीर घाइते भएकी थिइन् ।

जाडोबाट जोगिन आगो ताप्ने क्रममा पोलेर चितवनको राप्ती नगरपालिका–१ लोथर घर भई बकैया गाउँपालिका–८ शिशिर दमार बस्ने दिलबहादुर प्रजाको पाँच वर्षीया छोरी सोनिया प्रजा गम्भीर घाइते भएकी थिइन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ११ : ०४ बजे

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको