नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै « Khabarhub

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ। भारतीय आईस स्केटिङ संघको आयोजना तथा एसियाली आईस स्केटिङ महासंघ (AISF) र अन्तर्राष्ट्रिय स्केटिङ महासंघ (ISU) को सहकार्यमा हुने शर्ट ट्रयाक स्पिड आईस स्केटिङ प्रतियोगितामा नेपालका ६ जना खेलाडी सहभागी हुन लागेका हुन्।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालका अनुसार प्रतियोगिता आगामी पुष १२ देखि १४ गतेसम्म भारतको देहरादुनस्थित महाराणा प्रताप स्पोर्ट्स कम्प्लेक्समा रहेको हिमाद्री अन्तर्राष्ट्रिय आईस स्केटिङ रिंक सेन्टरमा आयोजना हुनेछ।

प्रतियोगितामा नेपालबाट सिनियर पुरुषतर्फ १००० मिटरमा रमेश मोक्तान र अरुण खतिवडा सहभागी हुने छन्। जुनियर महिलातर्फ ५०० मिटरमा परी गुरागाईं र अल्का घिमिरे तथा जुनियर पुरुषतर्फ २५० मिटरमा जेभिअर जंग थापा र सायोन आर्यालले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।

टोलीसँग टिम म्यानेजरका रूपमा रुम्पा सञ्जु श्रेष्ठ र अफिसियलका रूपमा संघका महासचिव सत्य थापा सहभागी हुने छन्।

खेलाडी टोलीलाई बिदाइ गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस ऐतिहासिक सहभागितालाई नेपालका लागि खुसीको विषय भएको बताए। उनले आईस स्केटिङ शीतकालीन ओलम्पिकको खेल भएको र नेपालको भूगोलअनुसार सम्भावनायुक्त खेल भएकाले भविष्यमा यसबाट नेपालले पदक जित्ने विश्वास व्यक्त गरे।

स्मरणीय छ, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ अन्तर्राष्ट्रिय स्केटिङ महासंघको आवेदक राष्ट्रिय संघका रूपमा आबद्ध रहेको छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ५ : ३३ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई