‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’ « Khabarhub

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने समाचारप्रति आपत्ति जनाएको छ ।

केही अनलाइन सञ्चारमाध्यमले प्रकाशित गरेको समाचार असत्य भएको भन्दै सचिवालयले ध्यानाकर्षण भएको बताएको हो ।

‘..केही अनलाइन सञ्चार माध्यमले आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुठ्ठा समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको छ । यो समाचार पूर्णतः असत्य छ । चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी गर्नुभएको छैन’, प्रचण्डको सचिवालयले भनेको छ ।

यो विषयमा रास्वपाबाटसमेत कुराकानी नभएको प्रचण्डको सचिवालयले प्रस्ट पारेको छ । यो विषयमा रास्वपासँग पार्टीका तर्फबाट संयोजक वा अन्य नेताले कुरा नगरेको सचिवालयले जनाएको छ । यस्ता झुट्टा समाचारको भ्रममा नपर्नसमेत सचिवालयले अनुरोध गरेको छ । सचिवालयले थप भनेको छ, ‘यसप्रकारका असत्य र सम्बन्धित पक्षबाट पुष्टि विना एकपक्षीयढंगले प्रवाह गरिएका झुठ्ठा समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।’

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ९ : ५६ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई