वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै « Khabarhub

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह एकाएक सक्रिय भएका छन् ।

सहकारी ठगी प्रकरणमा ९ महिना जेल परेर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सक्रियासँगै बालेनले पनि छलफल तीव्र पारेका हुन् ।

रविसँग दुई पटकसम्मको भेटमा कुरा मिल्न नसकेपछि बालेनले आफ्नै रणनीति अनुसार वैकल्पिक शक्ति निर्माणका लागि छलफल थालेका हुन् ।

उनले बुधबार र बिहीबार स्वतन्त्र व्यक्ति, नागरिक समाजका सदस्य र अन्य दलका नेतासँग पनि बाक्लो संवाद गरेका छन् ।

त्यसकै निरन्तरतास्वरुप उनले बिहीबार बिहान उज्यालो नेपाल पार्टीका संरक्षक एवम् ऊर्जामन्त्री कुलमान घिसिङसँग संवाद गरेका छन् ।

दुईजनाबीच बालेनका सचिवालय सदस्य कुमार बेनको घरमा करिब ३ घण्टा लामो छलफल भएको हो । कुलमान अहिले कुमारको घरबाट बाहिरिएका छन् ।

ती नेताका अनुसार अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने बालेनको संवाद हुँदैछ ।

केही दिनदेखि नयाँ शक्तिलाई एकै ठाउँमा ल्याउने योजनासहित बालेन र रविहरू छलफलमा जुटिरहेका छन्।

बुधबार राति बालेनले विभिन्न व्यक्तिहरूसँग छलफल गरे राप्रपा नेपालका प्रवक्ता ज्ञानेन्द्र शाहीदेखि डाक्टर भगवान कोइराला, कलाकार निश्चल बस्नेत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी लगायतसँग बालेनको कुरा भयो ।

उनीहरूसँगको छलफलमा एउटै चुनाव चिह्न लिएर वैकल्पिक शक्ति अगाडि बढ्ने या मोर्चा बनाएर अगाडि जानेबारे कुरा भएको छ ।

छलफलका क्रममा कुलमान लगायतका नेताहरूले दर्ता भएका दलहरू आ-आफ्नो ढंगले निर्वाचन लड्ने र सरकार बनाउँदा एक भएर जाने मत राखेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले भने रास्वापामार्फत् निर्वाचनमा होमिएर बहुमत ल्याउनुपर्ने अडान राखेका थिए । अन्य नेताहरूसँग छलफलपछि अहिले बालेन्द्र रविबीच कुराकानी हुन लागेको हो ।

‘हिजो राति पनि करिब ६-७ घण्टा छलफल भयो। नयाँ शक्ति एक भएर जानेमा कसैको दुईमत छैन । तर कसरी जाने तयारी गरिरहेका छौँ’, बैठकमा उपस्थित एक नेताले खबरहबलाई भने, ‘आज या भोलिसम्ममा ठोस केही निर्णय आउला अहिले वार्ता जारी छ । म पनि भर्खरै त्यहाँबाट निक्लिएको हो।’

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १२ : १५ बजे

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी