नवलपरासी पूर्वको ‘नमुना सदरमुकाम’ निर्माणले गति लिँदै « Khabarhub

नवलपरासी पूर्वको ‘नमुना सदरमुकाम’ निर्माणले गति लिँदै


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– लक्ष्य भन्दा ढिला काम सुरु गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण योजनाले पछिल्लो समय गति लिएको छ । कावासोती नगरपालिका–३ स्थित १८७ विघा क्षेत्रफलमा नमूना सदरमुकाम निर्माण भइरहेको छ । 

विसं २०७६ वैशाखमा सदरमुकाम निर्माण सुरु गरिएपनि छ वर्षसम्म काम अघि बढ्न सकेको थिएन । गत वर्षदेखि निर्माण सुरु गरिएको जिल्लाकै महत्वपूर्ण आयोजनाले हालै गति लिएको हो । निर्माणस्थलका रूख हटाउनेलगायतका विभिन्न प्राविधिक कारण काम अघि बढ्न नसकेको जनाइएका थियो । हाल कामले गति लिएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इञ्जिनियर द्रोण कटुवालले बताए। 

नमूना सदरमुकाम निर्माण दुई वटा ठेक्कामार्फत भइरहेको छ । पहिलो चरणको ठेक्काबाट जिल्ला प्रशासन कार्यालय र अन्य दुई कार्यालय रहने गरी एकीकृत भवन निर्माण भइरहेको उनले बताए। चौधरी कन्ट्रक्सनले ३० करोड ६५ लाख ६ हजार ५२७ लागतमा काम गरिरहेको छ । २०८३ पुस २१ सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको सो योजनाको पहिलो चरणको भौतिक प्रगति हालसम्म ४० प्रतिशत छ । 

दोस्रो चरणको ठेक्काबाट भ्याट बाहेक रु तीन अर्ब ६१ करोड लागतमा सदरमुकाम निर्माणस्थलमा ११ वटा सरकारी कार्यालय भवन निर्माण भइरहेका छन् ।

भवन बाहेक सडक, खानेपानी, विद्युत्का संरचनासहित केरुङ्गे खोला तटबन्धसमेत निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ । दोस्रो चरणको ठेक्का  २०८२ वैशाख २९ गते सम्झौता भइ २०८४ कात्तिक २८ गते सम्पन्न गर्ने गरी काम अघि बढेको इञ्जिनियर कटुवालले जानकारी दिए ।

समानान्तर–बुद्ध हिमाली जेभिले निर्माण गरिरहेको यस ठेक्काको हाल करिब १५ प्रतिशत भौतिक प्रगति पुगेको छ । दुवै चरणको काम निर्धारण गरिएको अवधिमा सम्पन्न गर्ने गरी काम भइरहेको उनको भनाइ छ । 

नवलपुरको नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घ र प्रदेश मातहतका सबै कार्यालय निर्माण गरिने छन् । हाल सङ्घीय कार्यालय निर्माण भइरहेका छन् । प्रदेश मातहतका कार्यालय निर्माण थालिएको छैन ।

गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा केही बजेट विनियोजन गरेको जानकारी प्राप्त भएको र प्रदेश सरकार मातहतका कार्यालय निर्माणका लागि बोलपत्र आह्वान हुनसक्ने आयोजना कार्यालयले जनाएको छ । 

नमूना सदरमुकाम निर्माण गुरुयोजना अनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, फुटबल स्टेडियम, क्रिकेट स्टेडियम, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभा हल, पुस्तकालय, खाजा घरलगायतका संरचना निर्माण हुनेछन् । 

प्रारम्भिक गुरुयोजना अनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ ।
 

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १२ : ५९ बजे

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको