त्रिविको दीक्षान्त समारोह, सोह्र हजार विद्यार्थी दीक्षित (तस्बिरहरू) « Khabarhub

त्रिविको दीक्षान्त समारोह, सोह्र हजार विद्यार्थी दीक्षित (तस्बिरहरू)


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा आज १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीलगायत शैक्षिक जगत्का अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका छन् ।

 विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी  ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन् । 
 
दशरथ रङ्शालामा जारी समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि छन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत प्राज्ञको पनि उपस्थिति छ ।

विश्वविद्यालयका उपकुलपति प्रा दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अग्रसर भएको बताउँदै दीक्षित विद्यार्थीलाई बधाई दिए ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १ : १९ बजे

पहिलो पटक संघीय सरकारमा ३३ प्रतिशत महिला

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा

कानुन सुधारको जिम्मा अब सोविताको काँधमा 

काठमाडौं– नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन

बालेन्द्रलाई महेश बस्नेतको बधाई, भने : जिम्मेवारी प्रमाणित गर्नुस्

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले नवगठित सरकारका प्रधानमन्त्री बालेन्द्र

देउवाले दिए बालेन्द्रलाई बधाई

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएकामा

इरानमाथि हवाई हमलाबारे बैठक हुने : रुसी सरकारी मिडिया

मस्को– संयुक्त राष्ट्र सुरक्षा परिषद्ले रुसी अनुरोधमा शुक्रबार बन्द बैठक