जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द « Khabarhub

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र कानुनी जटिलतालाई समाधान गरेर चुनावमा जानुपर्नेमा जोड दिएको छ । 

नवौँ केन्द्रीय समितिको चौथो विशेष बैठकका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले मुलुकका समस्या थाँती राखेर हुने निर्वाचनले निकास नदिने स्पष्ट पारे ।

उनले समाजवादी सङ्घीयताअनुरुप राज्यको ढाँचा बन्नुपर्ने, अग्राधिकारसहितको सङ्घीय संरचना र राज्यका सबै अङ्गमा जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना गर्नुपर्ने आफ्नो पार्टीको दृष्टिकोण रहेको जानकारी दिए । अन्तरिम कालको नेतृत्व आफ्नो पार्टीलाई दिइए आन्दोलनकारी जनतासहित सबै शक्तिलाई चित्तबुझ्ने गरी निकासको पहल गर्ने विश्वास दिलाउँदै उनले भने, ‘त्यो अवस्था होइन भने राजनीतिक शक्तिको सहमतिबाट उपयुक्त निकास निकाल्नुपर्छ ।’

जेन-जी विद्रोह पछि पनि जनताले उठाउँदै आएका विषय सम्बोधन हुन नसक्नु बिडम्बना भएको उल्लेख गर्दै महासचिव चन्दले निर्वाचन मात्रै नभइ भ्रष्टाचारको अन्त्य र सुशासन प्रवर्द्धनका क्षेत्रमा पनि काम गर्न सरकारलाई सुझाव दिए।

‘भ्रष्टाचार अन्त्य, भ्रष्टाचारीलाई कारबाही र संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचन कार्यकारीको व्यवस्था गर्नुपर्ने जेन-जी आन्दोलनको ‘म्याण्डेट’ हो’, उनले भने, तर पछिल्लो अन्तरिम सरकार बनेपछि चुनावलाई मात्रै जोड दिएर काम भइरहेको छ ।
 

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १ : ४६ बजे

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा