मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोना विजयी | Khabarhub Khabarhub

मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोना विजयी


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्स- च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा मेस्सीको गोलमा बार्सिलोनाले स्लाविया प्रागलाई पराजित गरेको छ ।

समूह एफको खेलमा बार्सिलोनाले स्लाविया प्रागलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्न पहिलो खेलाडी बन्ने कीर्तिमान राख्दा बार्साले संघर्षपूर्ण जित निकालेको थियो । अर्तुरो भिडालको पासलाई सदुपयोग गर्दै मेस्सीले बार्साका लागि पहिलो गोल गरेका थिए ।

जान बोरिलले ५० औ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । ५७ औ मिनेटमा पिटर ओलायिन्काको आत्मघाती गोल गरेपछि बार्सिलोना २–१ ले अघि बढेको थियो ।

गएराति भएको खेलमा जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । अंक तालिकामा बार्सिलोनाले ७ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ३ अंकको अग्रता लिन सफल भएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ६ : ०३ बजे

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ– कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा