मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोना विजयी « Khabarhub

मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोना विजयी


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्स- च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा मेस्सीको गोलमा बार्सिलोनाले स्लाविया प्रागलाई पराजित गरेको छ ।

समूह एफको खेलमा बार्सिलोनाले स्लाविया प्रागलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्न पहिलो खेलाडी बन्ने कीर्तिमान राख्दा बार्साले संघर्षपूर्ण जित निकालेको थियो । अर्तुरो भिडालको पासलाई सदुपयोग गर्दै मेस्सीले बार्साका लागि पहिलो गोल गरेका थिए ।

जान बोरिलले ५० औ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । ५७ औ मिनेटमा पिटर ओलायिन्काको आत्मघाती गोल गरेपछि बार्सिलोना २–१ ले अघि बढेको थियो ।

गएराति भएको खेलमा जितसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । अंक तालिकामा बार्सिलोनाले ७ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ३ अंकको अग्रता लिन सफल भएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ६ : ०३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन