बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ? « Khabarhub

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ चलाएको छ । 

‘मनको कुरा गरौं’ भन्ने नारासहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहि मंसिर २४ गते सुरु गरेको  यो अभियान फागुन ३० गतेसम्म देशभर चल्नेछ । अभियानअन्तर्गत हरेक महिनामा मानसिक स्वास्थ्यसँग सम्बन्धित निश्चित विषयवस्तु तय गरी त्यसअनुसारका सचेतनामूलक कार्यक्रम, संवाद र गतिविधिहरू सञ्चालन भइरहेका छन् । 

अभियानको एक प्रमुख एजेन्डाका रूपमा बालबालिका र किशोर–किशोरीमाथि हुने बुलिङ लाई प्राथमिकतामा राखिएको छ । 

बुलिङ के हो ? 

बुलिङ भनेको कुनै व्यक्ति वा समूहले अर्को व्यक्ति (प्रायः बालबालिका वा किशोर–किशोरी) लाई बारम्बार डर देखाउने, हेप्ने, गाली गर्ने, जिस्क्याउने, शारीरिक वा मानसिक रूपमा दुःख दिने व्यवहार हो । यो विद्यालय, घर, समुदाय वा अनलाइन (सायबर बुलिङ) जुनसुकै ठाउँमा हुन सक्छ।

बुलिङका मुख्य प्रकार

शारीरिक बुलिङ : कुटपिट, धकेल्ने, सामान खोस्ने

मौखिक बुलिङ : गाली, उपहास, धम्की

सामाजिक बुलिङ : साथीबाट टाढा पार्ने, बदनाम गर्ने

सायबर बुलिङ : सामाजिक सञ्जाल, म्यासेज वा अनलाइन प्लेटफर्ममार्फत हेप्ने

बुलिङले पार्ने असर

बुलिङको शिकार भएका बालबालिका तथा किशोरमा

डर, तनाव र चिन्ता

आत्मविश्वासमा कमी

एक्लोपन, पढाइमा कमजोरी

मानसिक स्वास्थ्य समस्या देखिन सक्छन् । दीर्घकालमा यसले स्वस्थ मन र जीवनमा गम्भीर असर पार्न सक्छ।

अभिभावकले कसरी थाहा पाउने ?

अभिभावकले यी संकेतहरूमा ध्यान दिनुपर्छः

बच्चा अचानक चुपचाप वा डराएको देखिनु

विद्यालय जान नमान्नु

निद्रा नलाग्ने, भोक नलाग्ने

मोबाइल र इन्टरनेट प्रयोगपछि असहज हुनु

शरीरमा चोटपटक देखिनु तर कारण नबताउनु

थाहा पाएपछि अभिभावकले के गर्ने ?

आफ्ना बालबािलकासंग खुलेर कुराकानी गर्ने 

बालबालिकालाई नाई हुन्न भन्नसक्ने बनाउने 

शान्त भएर कुरा सुन्ने – दोष नलगाई बच्चाको कुरा ध्यानपूर्वक सुन्नु

समर्थन दिनु – ‘तिमी गलत होइनौ’ भन्ने अनुभूति गराउनु

विद्यालयसँग समन्वय – शिक्षक वा विद्यालय प्रशासनलाई जानकारी गराउनु

अनलाइन बुलिङ भए प्रमाण सुरक्षित गर्ने

आवश्यक परे मनोसामाजिक परामर्श लिने

बुलिङ रोकथामका उपाय

घर र विद्यालयमा खुला संवादको वातावरण

बालबालिकालाई आत्मसम्मान र आत्मरक्षा सीप सिकाउने

विद्यालयमा बुलिङविरुद्ध स्पष्ट नीति

अनलाइन प्रयोगमा अभिभावकको निगरानी

(राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोगमा)

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ५ : ०३ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई