बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द गरिने चर्चा चलिरहेका बेला स्थानीयवासी, जनप्रतिनिधि तथा जेन-जी युवाले भन्सार कार्यालय यथावत् राखी स्तरोन्नति गर्न माग गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई ज्ञापनपत्र बुझाएका छन् ।

लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा आज जेन-जी युवाको तर्फबाट शिव यादव, सन्तोष यादवलगायतले अर्थमन्त्री खनाललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

ज्ञापनपत्र बुझाउँदै जेन-जी युवा सन्तोष यादवले भने, ‘शिव यादवलगायत यहाँका आम युवाले पहिलेदेखि नै बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिका लागि पहल गरिरहनुभएको छ । आशा छ, यो भन्सार छिट्टै स्तरोन्नति हुन्छ । चार पाङ्ग्रे सवारीसाधनको आवतजावत खुलेपछि यस क्षेत्रका नागरिक र व्यापारीलाई ठूलो सहयोग पुग्नेछ ।’

स्थानीयका अनुसार बरियारपट्टी छोटी भन्सार कार्यालय बरियारपट्टी बजारको मध्य भागमा अवस्थित छ । यस भन्सारबाट सिरहा जिल्लासहित आसपासका लाखौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन् । 

बरियारपट्टी, औरही, अर्नामा, नवराजपुर, लक्ष्मीपुर पतारी गाउँपालिका तथा सुखिपुर, धनगढीमाइ, गोलबजार र लहान नगरपालिकाका केही वडाका नागरिक तथा साना–ठूला व्यापारीहरूले यस भन्सारमार्फत घरायसी तथा व्यावसायिक सामग्रीको आयात–निर्यात गर्दै आएका छन् ।

भौगोलिक रूपमा नेपालतर्फको बरियारपट्टी बजार र भारततर्फको लदनियाँ बजार सिधैँ जोडिएको हुँदा यस भन्सारको आर्थिक तथा व्यापारिक महत्व उच्च रहेको स्थानीयको भनाइ छ । भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१-८२ मा ७० लाख छ हजार राजस्व संकलन गरेको तथ्यांक उल्लेख गरिएको छ । 

ज्ञापनपत्रमा बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द नगरी यथावत् सञ्चालन गर्न, आवश्यक पूर्वाधार निर्माण गरी स्तरोन्नति गर्न र चार पाङ्ग्रे सवारिसाधन सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ७ : ३६ बजे

सचिवालय बैठकपछि बस्नेतले भने : ओलीले राजीनामा दिन्छन् भनेर भ्रामक प्रचार गरियो

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

एमाले सचिवालय बैठक : बादलको नेतृत्वमा निर्वाचन समीक्षा कार्यदल गठन

काठमाडौं – नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन

एमालेले नयाँ भवन बल्खुमै बनाउने, मीनबहादुरको जग्गा फिर्ता गर्ने

काठमाडौं – करिब १० घन्टा लामो नेकपा एमाले सचिवालय बैठक

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

काठमाडौं – नेपाली कांग्रेसले नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइरालालाई

बर्दिबासमा जगन्नाथ रथयात्रा

महोत्तरी – महोत्तरीको बर्दिबासमा आज जगन्नाथ रथयात्रा उत्सव मनाइएको छ