सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी « Khabarhub

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू आदेश जारी गरेको छ।

कमलामाई नगरपालिका–४ अन्तर्गत पूर्वमा ग्वाङ खोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट र दक्षिणमा धुराबजार चोक सम्मको क्षेत्रभित्र आज साँझ ८ः३० बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू लागू गरिएको हो।

पुस ६ गते कमलामाई नगरपालिका–४ को धुरा बजारमा भएको घटनापछि स्थिति झन् चर्किँदै गएपछि स्थानीयवासीबाट ढुङ्गामुढा प्रहार, हुलदङ्गा तथा अवाञ्छित गतिविधि बढेको प्रशासनको निष्कर्ष छ। यसले जिल्लाको शान्ति–सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको भन्दै कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए ।

कर्फ्यू अवधिभर अत्यावश्यक सेवाबाहेक सर्वसाधारण तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ। साथै, कुनै पनि किसिमका भेला, जुलुस, प्रदर्शन तथा पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन नपाउने स्पष्ट निर्देशन प्रशासनले दिएको छ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ८ : ४६ बजे

गृहमा सुदनलाई पठाएर डीपीलाई सभामुख बनाउने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्।

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात

वीरगञ्ज – चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै

स्वास्थ्य क्षेत्रमा कार्की आयोगको चासो- ‘विशिष्ट व्यक्तिको उपचारमा राज्यकोषको दुरुपयोग रोकौं’

जेन–जी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह नेपालको नयाँ

भीरबाट लडेर वडासदस्यको मृत्यु

गोदावरी– चुरे गाउँपालिका–५ भासु गाउँमा भीरबाट लडेर वडासदस्यको मृत्यु भएको