चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा « Khabarhub

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आम निर्वाचनअघि पार्टीका महाधिवेशन नभए आफू चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

बिहीबारको कार्यसम्पादन समितिको बैठकमा थापाले चुनावअगाडि नेतृत्व परिवर्तन नभए आम निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार थापाले भनेका थिए, ‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन । नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने कोको चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’

आजकै बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आफू फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ९ : ३९ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल