‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’ « Khabarhub

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको टुक्रा बनाउनु नहुने बताएका छन्। बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्रसँग वैकल्पिक राजनीतिक क्षेत्रका अगुवाको भेटपछि उनले यस्तो बताएका हुन्।

ढकालले देशको नेतृत्व पाँच वर्ष गर्न पाउनुपर्ने भन्दै यस्तो बताएका हुन्। उनले अस्थिरता, व्यक्तिगत इच्छा आकांक्षा जनताका लागि पुगेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन। जो हुने हो हुनुस् तर ५ बर्षमा कुनै सम्झौता नगर्नुस। मैले सबैलाई भन्ने यही हो। अस्थिरता, व्यक्तिगत इच्छा आकांक्षा अब हाम्रो लागि पुग्यो‌।’

छलफलमा समय लाग्नु स्वभाविक भएको भन्दै उनले प्रधानमन्त्रीलाई कमजोर बनाएर हटाउँदै आफू फेरि बन्ने रोगको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। उनले अगाडि लेखेका छन्, ‘समय लाग्नु स्वाभाविक हो। ७५ वर्षको समस्या जो हल गर्नु छ। अब जो प्रधानमन्त्री हुन्छ ५ वर्षको लागि हुन्छ। प्रधानमन्त्रीलाई‌ कमजोर बनाएर हटाएर फेरि आफू हुने रोग सदियौँ देखिको हो। यो अब अन्त्य हुनुपर्छ र हुन्छ।’

ढकालले सबैलाई भगवानले आफू होइन देश सोच्ने शक्ति दिनुपर्नेमा जोड दिएका छन्। उनले अन्तिममा लेखेका छन्, ‘अब देश सोचौँ। भगवानले हामी सबैलाई आफू होइन, देश सोच्ने शक्ति दिउन्।’

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ८ : १८ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो