एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार  « Khabarhub

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन नजिकिँदै गर्दा डा. बद्री रिजाल नेतृत्वको समूह ‘टिम बद्री’ ले आफ्नो ६ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

‘सुरक्षित सेवा, सुरक्षित पेसा’ भन्ने नारासहित मैदानमा उत्रिएको समूहले चिकित्सकको पेशागत सुरक्षा, दरबन्दी अभाव र सेवा–सुविधा सुधारलाई मुख्य एजेन्डा बनाएको छ । 

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा लामो समयदेखि सम्बोधन हुन नसकेका चिकित्सकका संरचनागत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

१० हजार चिकित्सक दरबन्दी र वैज्ञानिक तलबमानको प्रस्ताव

घोषणापत्र अनुसार कार्यकालभर सरकारी अस्पतालहरूमा १० हजार नयाँ चिकित्सक दरबन्दी सिर्जना गर्न सरकारमाथि दबाब दिने प्रतिबद्धता गरिएको छ । 

विगत तीन दशकदेखि ओएनएम सर्भे नहुँदा चिकित्सक बेरोजगारी बढेको उल्लेख गर्दै पहिलो वर्षमै २ हजार १ सय दरबन्दी थप्ने पहल गरिने जनाइएको छ । 

निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूले पाउँदै आएको न्यून पारिश्रमिक अन्त्य गर्न सरकारी सरहको वैज्ञानिक न्यूनतम तलबमान लागू गराउन पहल गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ ।

चिकित्सक सुरक्षाका लार्गि यापिड रेस्पोन्स टिम

कार्यस्थलमा चिकित्सकमाथि हुने आक्रमण, धम्की तथा दुर्व्यवहार नियन्त्रण गर्न यापिड रेस्पोन्स टिम आर आर टी गठन गर्ने योजना अघि सारिएको छ । आपत्कालीन अवस्थामा उक्त टिममार्फत चिकित्सकलाई तत्काल कानुनी तथा भौतिक सुरक्षा उपलब्ध गराइने बताइएको छ ।

अध्यक्षका उम्मेदवार डा.बद्री रिजालले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन को प्रभावकारी कार्यान्वयन गर्दै ‘जेल विदआउट बेल’ को व्यवस्था कडाइका साथ लागू गराइने प्रतिबद्धता जनाएका छन्  ।

चिकित्सा शिक्षा सुधार र वैज्ञानिक ड्युटी आवर

घोषणापत्रमा चिकित्सा शिक्षामा देखिएका विसंगति हटाउन स्नातकोत्तर (पीजी) अध्ययनका लागि अनिवार्य गरिएको एक वर्षे कार्य अनुभवको व्यवस्था खारेज गर्न पहल गर्ने उल्लेख छ । चिकित्सकको स्वास्थ्य र कार्यक्षमता जोगाउन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको वैज्ञानिक ड्युटी आवर लागू गर्ने, साथै बर्नआउट व्यवस्थापनका लागि परामर्श सेवा सुरु गर्ने योजना पनि प्रस्तुत गरिएको छ ।

‘टिम बद्री’ का प्रमुख उम्मेदवार

अध्यक्षःडा. बद्री रिजाल
वरिष्ठ उपाध्यक्षःडा. सञ्जीव तिवारी
महासचिवः डा. विश्वराज दवाडी
कोषाध्यक्षः डा. संयुक्त आचार्य
नेपाल चिकित्सक संघको निर्वाचन तालिकाअनुसार उपत्यकाबाहिर माघ २ र ३ गते मतदान हुनेछ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १२ : ५४ बजे

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,