काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ « Khabarhub

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पेश गरेकी छन् । नगरसभाका अध्यक्ष तथा महानगर प्रमुख बालेन्द्र शाह, नगरसभा सदस्य, कर्मचारी र सञ्चारकर्मीको उपस्थितिमा प्रस्ताव प्रस्तुत गरिएको हो ।

उपप्रमुख डंगोलले यो अधिवेशन निर्वाचित जनप्रतिनिधिहरूको आठौँ नगर अधिवेशन भएको उल्लेख गर्दै अघिल्ला अधिवेशनसम्म सहकार्य, समन्वय र सहअस्तित्वलाई प्राथमिकता दिँदै काम अघि बढाइएको बताइन् । उनले यस यात्रालाई निरन्तरता दिन नगरसभा सदस्यहरूलाई सहयोग र समझदारीका लागि अनुरोध गरिन् ।

प्रस्तावमा काठमाडौं महानगर क्षेत्रभित्रका ऐतिहासिक र पुरातात्त्विक मठमन्दिर, भाषा, धर्म, संस्कृति, भेषभूषा र सम्पदाको संरक्षणसँगै पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उल्लेख छ । सडक, पुल मर्मतसम्भार, फोहोरमैला व्यवस्थापन, प्रदूषण न्यूनीकरण, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवामा सुधार गर्ने योजनालाई निरन्तरता दिइने जनाइएको छ ।

डंगोलले जनताको सेवा गर्नु महानगरको मुख्य दायित्व भएको उल्लेख गर्दै विगत सात वर्षका बजेट अधिवेशनमा जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको बताइन् । केही योजना तत्काल सम्पन्न भइसकेका छन् भने केही दीर्घकालीन योजनाका रूपमा कार्यान्वयनमा रहेको उनले स्पष्ट पारिन् ।

धुलोरहित सडक, न्यायमा पहुँच, उज्यालो काठमाडौं, एक वडा एक उद्यम, नियमित अनुगमन, अनलाइन सेवा प्रणाली, गरिबका लागि शिक्षा, महानगरको इच्छाअनुसार सहज फार्मेसी र सांस्कृतिक सम्पदाको संरक्षणजस्ता कार्यक्रमले दीर्घकालीन लाभ दिने विश्वास व्यक्त गरिएको छ ।

महानगरको विकास र रूपान्तरणका लागि संघ, प्रदेश सरकार तथा अन्य निकायसँग सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उपप्रमुख डंगोलले सबै पक्षको सहयोग अपेक्षा गरिएको बताइन् ।

यस्तो छ संशोधन प्रस्ताव :

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १ : १८ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा