नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’  « Khabarhub

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य अंगका रुपमा लिइने मुटुलाइ नै हानी गर्न सक्छ।पछिल्लो समय नेपालमा पनि खाद्य पदार्थहरूमा ट्रान्स फ्याक्ट बढी देखिन थालेको छ र मुटुलाइ नै हानी गर्नसक्ने खतरा बढेको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा खासगरी औद्योगिक कच्चा पदार्थबाटै ट्रान्स फ्याक्ट बढी राखेर खाद्य पदार्थहरू बनाइने गरेको भेटिएको छ ।

त्यस्तो मात्रा खासगरी पाउरोटी, कुकिजहरूमा धेरै रहेको अनुगमनका क्रममा भेटिएको हो । विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले पप, बेकरी, बिस्कुटसहित विभिन्न प्रशोधित वस्तुहरूमा ट्रान्स फ्याक्ट बढी हुनसक्ने भएकाले यसको अनुगमनलाई बढाइएको बताइन् । 

उनकाअनुसार केही दिनअघि पपको नमूना टेस्ट गरिएको थियो । त्यसमा अत्यधिक ट्रान्स फ्याक्ट देखिएकाले बजारबाटै फिर्ता लैजान कम्पनीलाई सचेत गराएको थियो। पपसहित बिस्कुटहरू लगायतमा समेत ट्रान्स फ्याक्ट अत्यधिक रहेको सम्भावना छ। त्यसमा विभागले अनुगमन बढाउँदै छ ।

नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना, २०२१–२०२५ लाई नेपालले ०७८ माघ २४ मा स्वीकृत गरेको थियो । 

ट्रान्सफ्याट सीमित गर्ने नीति स्विकार्दै औद्योगिक प्रक्रियाबाट उत्पादित खानेकुरामा ट्रान्सफ्याटको मात्रा २ प्रतिशत भन्दा तल राख्ने सरकारले नीति लिएको थियो ।

उद्योगमा निर्मित र प्याक गरिएका खानेकुरामा ट्रान्स फ्याटको मात्रा २ प्रतिशत भन्दा तल हुने नीति सरकारको छ। यसलाई कार्यान्वयनमा ल्याइएको वैद्यको भनाइ छ। यो नीति औद्योगिक रूपमा उत्पादित अस्वस्थकर चिल्लो पदार्थ लाई राष्ट्रिय खाद्य प्रणालीबाट सन् २०२३ सम्म निवारण गर्ने एउटा रणनीतिक उपक्रम  पनि रहेको उनको भनाइ छ । 

विभागकी महानिर्देशक वैद्यका अनुसार ट्रान्स फ्याट एउटा प्राकृतिक रूपमा पाइन्छ। प्राकृतिक रूपमा पाइने ट्रान्स फ्याटलाई रुमिनेन्ट ट्रान्स–फ्याटी एसिड पनि भनिन्छ। यी ट्रान्स फ्याट रुमिनेन्ट जनावरहरू (जस्तै गाई, भेडा आदि) को पाचन प्रणालीमा रहेका ब्याक्टेरियाबाट उत्पादन हुन्छन् । 

यस्ता ट्रान्स फ्याट ती जनावरबाट प्राप्त हुने खाद्य पदार्थहरूमा सानो मात्रामा पाइन्छन् । औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स फ्याटहरू भने खाद्य पदार्थहरूमा प्रयोग गरिने वनस्पति तेलको आंशिक हाइड्रोजनेसन प्रक्रियाबाट बनाइने वैद्य बताउँछिन्

उनकाअनुसार यी ट्रान्स फ्याट प्रशोधित खाद्य पदार्थहरूमा पाइन्छन् । औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स फ्याटको मात्रा प्राकृतिक रूपमा पाइने ट्रान्स फ्याटको तुलनामा सामान्यतया धेरै बढी हुन्छ । 

वैद्यकाअनुसार औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स फ्याटहरू फास्ट फुड, बेक गरिएका खाद्य पदार्थहरू जस्तै पाई, बिस्कुट, पेस्ट्री, मिठा रोल, केक बिस्कुट तारेका खानेकुराहरूमध्ये फ्रेन्च फ्राइज, चिकन नगेट्स, केही कबाबहरू माइक्रोवेभमा तताउन मिल्ने तयार पपकर्न वेफर तथा अन्य बेकरी सामग्री जमेको मिठाइ इन्स्ट्यान्ट नुडल्स सर्टनिङ आंशिक रूपमा हाइड्रोजनेट गरिएका तेलहरू केही प्रकारका मार्जारिनमा पाइन्छ ।  

वैद्यकाअनुसार प्रत्येक वर्ष करिब ५ लाख ४० हजार मृत्यु औद्योगिक रूपमा उत्पादन गरिएका ट्रान्स–फ्याटी एसिडको सेवनका कारण हुने गरेको अनुमान छ । 

भारतमा मात्र कोरोनरी हार्ट डिजिजका कारण ६० हजार भन्दा बढी मृत्यु ट्रान्स फ्याटसँग सम्बन्धित छन् । कुल क्यालोरीमा ट्रान्स फ्याटको मात्रा प्रत्येक २ प्रतिशतले बढ्दा, कोरोनरी हार्ट डिजिजको जोखिम २३५ ले बढ्ने अध्ययनहरूले देखाएको वैद्यको भनाइ छ ।

उनकाअनुसार ट्रान्स फ्याटको सेवनले तौल वृद्धि गराउँछ र टाइप–२ मधुमेह हुने जोखिम बढाउँछ । त्यस्तै, अत्यधिक ट्रान्स फ्याट सेवनले कुनै पनि कारणबाट हुने मृत्युको जोखिम ३४ प्रतिशतले र कोरोनरी हार्ट डिजिजका कारण हुने मृत्यु २८ प्रतिशतले बढाउँछ। ट्रान्स फ्याटले खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ भने राम्रो कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : २० बजे

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज