राजधानी बनाउनकै लागि जंगल नमासौं: सभापति देउवा « Khabarhub

राजधानी बनाउनकै लागि जंगल नमासौं: सभापति देउवा


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी कुनै पनि दृष्टिले कैलालीको गोदावरी उपयुक्त हुन नसक्ने तर्क गरेका छन् ।

नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले धनगढीको गोदावरी सुदूरपश्चिम प्रदेशको राजधानीका लागि अनुपयुक्त हुने तर्क गरेका हुन् । उनले भने ‘गोदावरीको तेघरी जङ्गल मासेर राजधानी बनाउने कुरा उपयुक्त हुन सक्दैन ।’

त्यस्तै सभापति देउवाले वर्तमान दुई तिहाईको सरकारले एक वर्षमा कुनै पनि महत्वपूर्ण काम गर्न नसकेको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सुदूरपश्चिमको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा कैलालीको गोदावरीलाई स्थायी राजधानी बनाउने प्रदेशसभाको निर्णयको स्वागत गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ९ : ४८ बजे

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान