काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलमा रुकुमले बुढानिलकण्ठलाई २५–१९, २५–२१,२५–२१ ले पराजित गर्यो ।
त्यसैगरि पुरुषतर्फ शनिबार भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले २५–२३, २७–२५, २७–२५ ले कोशीलाई पराजित गरेको हो ।
त्यस्तै शनिबार नै भएको महिलातर्फको खेलमा एपिएफले मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा एपिएफ २५–४,२५–५,२५–४ ले विजयी भएको हो ।
त्यस्तै शनिबार भएको महिलातर्फको अर्को खेलमा न्यु डायमण्ड युथ स्पोर्टस क्लबले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । खेलमा न्यु डायमण्ड २५–१०,२५–५,२५–१५ ले विजयी भयो ।च्याम्पियनसिपमा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता रहेको छ ।













प्रतिक्रिया