रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो « Khabarhub

रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

किएभ – युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार संसद्मा छापा मार्नबाट रोकेको बताएको छ । अन्वेषकहरूले केही सांसदहरू नयाँ भ्रष्टाचार मुद्दामा संलग्न भएको आरोपपछि अनुसन्धान थालिएको बताएका छन्।

युक्रेन भ्रष्टाचार काण्डको श्रृंखलामा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका विश्वास पात्रसमेत रहेका सेनाका पूर्व प्रमुखले राजीनामा दिनुपरेको थियो । क्षतिग्रस्त ऊर्जा क्षेत्रमा १० करोड अमेरिकी डलरको आर्थिक अनियमितता भएको आरोपपछि राष्ट्रपतिका निकट सहयोगी भनिने ‘चिफ अफ स्टाफ’ को यसमा संलग्नता रहेको आरोपपछि उनलाई केही महिना पहिले बर्खास्त गरिएको थियो ।

राष्ट्रिय भ्रष्टाचार विरोधी ब्यूरो (एनएबीयू)ले भनेको छ, “एनएबीयू र एसएपीओले एक गोप्य अनुसन्धानपछि एक संगठित आपराधिक समूहको पर्दाफास गरेका छन् र यसमा युक्रेनी संसद्का वर्तमान सदस्यहरू पनि संलग्न पाइएको बताइएको छ।

एनएबीयूले भनेको छ, “राज्य सुरक्षा विभागका कर्मचारीहरूले युक्रेनको संसद् (भेरखोव्ना राडा)का समितिहरूमा अनुसन्धान कार्यको क्रममा एनएबीयू अधिकारीहरूको विरोध गरिरहेका छन्।” भ्रष्टाचार निवारण निकायले अनुसन्धानसँग सम्बन्धित विस्तृत विवरण सार्वजनिक गरेको छैन।

युक्रेन्स्का प्राभ्दा नामक सञ्चारमाध्यमका मिखाइलो ताकाचका पत्रकारहरूले एक सामाजिक सञ्जालमा भनेका छन्, “जासुसहरूलाई सरकारी क्वार्टरमा प्रवेश गर्न अनुमति दिइएको छ।”

जेलेन्स्की युक्रेनमा युद्ध अन्त्य गर्ने योजना बनाउने प्रयासको बारेमा अमेरिकामा वार्ताका लागि प्रस्थान गरेपछि र रूसले राजधानी किएभमा दर्जनौं ड्रोन र मिसाइल आक्रमण गरी एक जनाको मृत्यु र दर्जनौं घाइते भएपछि अनुसन्धानबारे समाचार सार्वजनिक भएको छ।

युक्रेनमा भ्रष्टाचार काण्डले व्यापक सार्वजनिक आक्रोश उत्पन्न गरेको छ । रूसी आक्रमणबाट सबैभन्दा बढी क्षति व्यहोरेको इन्धन क्षेत्रमा संरचना पुनः निर्माणका लागि भएका लगानी विवादमा तानिएका हुन् ।

मुद्दाहरू बढ्दो रूसी आक्रमणको बीचमा अमेरिकी मध्यस्थतामा शान्ति वार्तामा युक्रेनको लागि राम्रो अवस्थाको लागि कुराकानी गर्ने प्रयास गरिरहेका समय र राष्ट्रपति जेलेन्स्कीका लागि एक संवेदनशील क्षणमा आएका छन् ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ९ : ०४ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक