जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ « Khabarhub

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार नवाजपुर गाउँपालिका–३ जगतपुरस्थित आँप बगैँचाका २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले एक युवतीलाई जबर्जस्ती करणी गरी फरार भएका थिए ।

सूचना अधिकारी पालले घटनापछि मानसिक तनावका कारण पीडितले चार महिनापछि गत वैशाख २ गते आफ्नै घर सल्काई आत्महत्या गरेकी जानकारी दिए । उनका अनुसार घटनालाई गम्भीरतापूर्वक लिँदै प्रहरीले फरार प्रतिवादीको खोजतलास तीव्र बनाएको थियो ।

खोजतलासका क्रममा फरार प्रतिवादी भारतका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा यही पुस ९ गते इलाका प्रहरी कार्यालय महेशपुरपाटार सिरहाबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा नजिक नवाजपुर गाउँपालिका–३ झाँपडिबाट उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेशपुरपाटारमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ९ : ५० बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले