भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई « Khabarhub

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका साथ चुनौतीको सामना गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमती भएसँगै भट्टराईले यस्तो बताएका हुन्।

उनले भट्टराईले राजनीतिमा बाह्य चुनौति थपिएको भन्दै यस्तो बताएका हुन्।

सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव भट्टराईले जतिसुकै चुनौती बढे पनि भागेर हैन सामना गरेर अघि बढ्ने दृढता व्यक्त गरेका हुन्।

यस्ता चुनौतीलाई सामना गर्न आन्तरिक एकता बलियो बनाउनु पर्ने भट्टराईको भनाइ छ। उनले राष्ट्र र पार्टीका एजेण्डा बोक्न सबैलाई आग्रह गर्नुभएको छ।

कार्यशैली सुधार गरेर विगतका कमीकमजोरी सच्याउदै अघि बढ्न उनले सबैलाई आग्रह गरे।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ११ : १६ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल