गाँजा र चरेससहित तीन जना पक्राउ « Khabarhub

गाँजा र चरेससहित तीन जना पक्राउ


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोले छ किलोग्राम ४०० ग्राम गाँजा र सात किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले लागुऔषध ओसारपसार कार्यमा संलग्न अच्युत त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेलाई विभिन्न मितिमा पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पक्राउ परेका त्रिपाठीले अडियो म्युजिक सिस्टमभित्र लुकाएर काठमाडौँ महानगरपालिका–१६ मा रहेको डिलाइट होटलमा राखेको अवस्थामा त्रिपाठी र होटलका सञ्चालकद्वयलाई पक्राउ गरिएको जानकारी दिए ।

त्रिपाठीले लागुऔषध लुकाएर राखेको अडियो म्युजिक सिस्टम फ्लाई दुवई एयरको एयर कार्गोमार्फत क्यानडा हुँदै नेपाल भित्रिएको र उक्त लागुऔषध पनि विदेशबाट नेपाल आएको अनुसन्धानमा खुल्न आएको लामाले बताए । पक्राउ परेका पाण्डेद्वय यसअघि पनि विदेशबाट लागुऔषध कारोवार गर्ने गरेको अनुन्धानमा खुलेको छ ।

पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ११ : ०४ बजे

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने