राष्ट्रिय भलिबल प्रतियोगिताः हेल्प नेपाल क्वाटरफाइनलमा « Khabarhub

राष्ट्रिय भलिबल प्रतियोगिताः हेल्प नेपाल क्वाटरफाइनलमा


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साबिक विजेता हेल्प नेपाल नवौँ एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषतर्फको खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

खेलमा हेल्प नेपाल २५–१६, २५–१९,२५–२२ ले विजयी भएको हो ।

त्यस्तै आइतबार नै भएको पुरुषतर्फको दोस्रो खेलमा खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लब पनि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

लगातार दोस्रो जित निकाल्ने क्रममा पुुलिसले खिल्जीलाई २५–२१, २५–१६, २५–१६ ले पराजित गरेको हो ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ५ : ४६ बजे

यी भूभागमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इक्वेडोरका खेलाडीको निन्द्रा बिगार्न मेक्सिकन प्रशंसकको हर्कत, फुटबल महासङ्घको उजुरी

काठमाडौँ – फिफा विश्वकप फुटबलको अन्तिम ३२ को निर्णायक खेलअघि

विश्वकप : मेसीको कीर्तिमान नजिक एमबाप्पे

काठमाडौँ – किलियन एमबाप्पेको दुई गोल तथा माइकल ओलिसेको उत्कृष्ट

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो

काठमाडौँ – किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित

हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने

काठमाडौँ – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै