प्रवक्ता महतको तर्क : बालेन र रवि मिल्दैमा कांग्रेसलाई असर गर्दैन « Khabarhub

प्रवक्ता महतको तर्क : बालेन र रवि मिल्दैमा कांग्रेसलाई असर गर्दैन


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच आइतबार बिहान भएको ७ बुँदे सहमतिले आफूहरूलाई ठूलो असर नपर्ने बताएका छन् ।

रवि र बालेन मिल्दैमा आत्तिनुपर्ने कुनै कारण नरहेको जवाफ पनि उनले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिएका छन् ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बालेन-रवि ७ बुँदे सहमति र एकताबारे पत्रकारहरूले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।

रवि र बालेन दुवैमाथि यअसघि नै गम्भीर प्रश्न उठेको भन्दै उनले उनीहरू मिल्दैमा कांग्रेसलाई कुनै असर नपर्ने जिकिर गरेका छन् ।

‘पुराना दल त्यसमा पनि कांग्रेस नै अहिलेसम्मको विश्वसनीय पार्टी हो। यसको धेरै ठूलो जनधार देशैभरि फैलिएको छ’, उनले भने, ‘उहाँहरू दुवै विरुद्ध गम्भीर प्रश्नहरू उठेका छन्। यसअघि नै उहाँहरूका क्रियाकलापमाथि गम्भीर प्रश्न उठेको छ, त्यसैले उहाँहरू मिल्दैमा कांग्रेस आत्तिएको छैन। मिल्न त उहाँहरूलाई स्वतन्त्र अधिकार छ नि।’

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ६ : ३५ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष