भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित « Khabarhub

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध गरेको द्रुत र सटीक प्रतिशोधी कारबाहीले पाकिस्तानलाई सैन्य रूपमा मात्र नभई राजनीतिक र नेतृत्व तहसम्म गहिरो रूपमा हल्लाएको छ । उक्त कारबाहीका कारण शीर्ष नेतृत्वमा समेत डर पैदा भएको स्वीकार गर्दै पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले मे महिनामा उत्पन्न तनावका बेला आफूलाई बङ्करमा शरण लिन सल्लाह दिइएको खुलासा गरेका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा उहाँले मे महिनामा नयाँ दिल्लीले गरेको जवाफी आक्रमणका क्रममा आफ्नो सैन्य सचिवले उनलाई तत्काल सुरक्षाका लागि बङ्करमा जान आग्रह गरेको जानकारी दिए । उनका अनुसार भारतीय सैन्य कारबाहीका कारण पाकिस्तानको शीर्ष नेतृत्व तीव्र दबाब र भयको अवस्थामा पुगेको थियो । मे महिनामा भएको उक्त सैन्य वृद्धि भारतको ‘अपरेसन सिन्दूर’ का रूपमा चिनिन्छ ।

यो अपरेसन अप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी हमलाको प्रत्यक्ष जवाफ थियो, जसमा २६ जना निर्दोष सर्वसाधारणको ज्यान गएको थियो । त्यसपछि भारतले पाकिस्तान र पाकिस्तानको कब्जामा रहेको जम्मू–काश्मीर (पिओजेके) भित्र रहेका नौवटा आतङ्कवादी शिविरलाई लक्षित गर्दै सशस्त्र कारबाही गरेको थियो । उक्त अपरेसनअन्तर्गत भारतीय सशस्त्र बलले मे महिनामा पाकिस्तानी सैन्य प्रतिष्ठानहरूमा रणनीतिक र सटीक आक्रमण गरेको बताइएको छ ।

राष्ट्रपति जरदारीले सैन्य सचिवको चेतावनीका बाबजुद आफूले बङ्करमा प्रवेश गर्न अस्वीकार गरेको स्पष्ट गरे । उनले भने, “मेरो एमएस (सैन्य सचिव) मसँग आएर भन्नुभयो, ‘सर, युद्ध सुरु भइसकेको छ ।’ मैले त चार दिन अघिनै युद्धको सम्भावनाबारे जानकारी दिएको थिएँ । तर उहाँले फेरि भन्नुभयो, ‘सर, बङ्करमा जानुहोस् ।’ त्यसपछि मैले भनेँ, ‘यदि शहादत आउनु छ भने, त्यो यहीँ आउनेछ । नेताहरू बङ्करमा मर्दैनन्, उनीहरू युद्धभूमिमा मर्छन् ।’”

भारतीय सशस्त्र बलले अप्रिल २२ को पहलगाम आतङ्कवादी हमलाको जवाफस्वरूप मे ७ को बिहान औपचारिक रूपमा अपरेसन सिन्दूर सुरु गरेको थियो । यसपछि भारत र पाकिस्तानबीचको द्वन्द्व थप गहिरिँदै गएको थियो । त्यस क्रममा पाकिस्तानतर्फबाट सीमापार गोलाबारी बढेको र भारतीय सशस्त्र बलले त्यसको कडा जवाफ दिएको विवरण सार्वजनिक भएका थिए ।

युद्धको स्थिति चर्किंदै गएपछि घटनाक्रमले एक्कासि नयाँ मोड लियो । पाकिस्तानका सैन्य अपरेसनका महानिर्देशक (डिजिएमओ) ले भारतका डिजिएमओसँग सम्पर्क गर्दै युद्धविरामको प्रस्ताव राखेका थिए, जसलाई भारतले स्वीकार गरेको बताइएको छ । पाकिस्तानी पक्षबाट आएको उक्त सम्पर्कको पुष्टि भारतका विदेश सचिव विक्रम मिस्रीले पनि गरेका छन् । उनका अनुसार दुवै देश भूमि, समुद्र र हावामा सबै प्रकारका सैन्य कारबाही रोक्न सहमत भएका थिए ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : ४६ बजे

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं– नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६

७ महिनामा सरकारको आम्दानीभन्दा खर्च सबा खर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष (आव) ०८२-८३ को ७ महिनामा सरकारको

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

काठमाडौं– विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहसिक, अनुशासित एवं

प्रधानमन्त्री कार्की ताप्लेजुङमा

ताप्लेजुङ– प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी

मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

हेटौंडा–  मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य