निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ? « Khabarhub

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ ।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।

आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन १० हजार, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ ।

यसैगरी ढुवानी १० हजार, गोष्ठी अन्तरक्रियाका लागि एक लाख, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यममा खर्च १४ हजार ५०० खर्च गर्न पाइनेछ ।

त्यस्तै कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध शीर्षकमा ३० हजार खर्च गर्न पाउनेछन् । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।

उम्मेद्वारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार, आयोगमा पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : १७ बजे

ट्रम्प सहभागी डिनर पार्टीमा चलाएका थिए ‘टिचर अफ द मन्थ’ घोषित शिक्षकले गोली

काठमाडौं- अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आयोजना गरेको डीनर कार्यक्रममा

ड्रोनबाट यस्तो देखियो भत्काउँदै गरेको सुकुम्वासी बस्ती (तस्बिरहरु)

भक्तपुर– भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा

कांग्रेसले सोमबार दलको नेता छान्दै, सर्वसम्मत नभए निर्वाचनमा लगिँदै

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

वीरगञ्ज– नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण

विपन्न र बेवारिसेको उपचारमा देशभर २ हजार ५६ शय्या उपलब्ध, ९९ बिरामीले मात्रै लिए सेवा

काठमाडौं– सरकाले सरकारी तथा निजी अस्पतालहरूमा विपन्न तथा बेवारिसे बिरामीका