जाँचबुझ आयोगमा बयान दिएर बाहिरिए लेखक, पत्रकार सम्मेलन गर्दै « Khabarhub

जाँचबुझ आयोगमा बयान दिएर बाहिरिए लेखक, पत्रकार सम्मेलन गर्दै


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं – गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका बेला पदबाट राजीनामा दिएका निर्वतमान गृहमन्त्री रमेश लेखकले सोमबार दिउँसो सिंहदरबारस्थित जाँचबुझ आयोगमा बयान दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीयसदस्य समेत रहेका निर्वतमान गृहमन्त्री लेखकले बयान दिइसकेपछि संसदीय दलको कार्यालयमा जेन-जी आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गर्दैछन् । उनले आयोगमा २ घण्टा लामो बयान दिएका छन्

जेन-जी आन्दोलनका क्रममा गत भदौ २३ गते जनधनको क्षति भएपछि उनले त्यही साँझ राजीनामा दिएका थिए । त्यसपछि भदौ २४ गते काठमाडौं लगायत मुलुकका ठुला शहरमा सार्वजनिक तथा नीजि सम्पतीमा तोडफोड र आगजनी भएको थियो ।

लेखकले केही दिनअघि मात्रै सञ्चार माध्यममार्फत् आफू आयोगमा घटनाबारे जानकारी गराउन जाने बताएका थिए ।

जेन-जी आन्दोलनपछि पार्टी महाधिवेशनको विषयमा भइरहेको कांग्रेसको आन्तरिक छलफलमा मध्यमार्गी भूमिका निभाउँदै आएका लेखकले आयोगमा घटनाबारे जानकारी गराउने जाने सुरुवातबाटै मनसाय व्यक्त गर्दै आएका थिए ।

जेन-जी आन्दोलनमा भएको घुसपैठका कारण नेता लेखकको काठमाडौं र कञ्चनपुरको महेन्द्रनगरमा तीनवटा निजी घरमा आगजनी गरेर ध्वस्त पारिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ०५ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री