रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु « Khabarhub

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना जाँचबुझ आयोगमा बयान दिएका छन् । उनले ६ पृष्ठ लामो बयान दिएका हु्न् । सोमबार पौने १ बजेदेखि पौने ३ बजेसम्म दुई घण्टासम्म बयान दिएका हुन् ।

आयोगमा दिएको बयानमा उनले जेन-जी आन्दोलनको घटनाको पृष्ठभूमि, सुरक्षा व्यवस्था, नैतिक जिम्मेवारी र आयोगप्रतिको अपेक्षा उल्लेख गरेका छन्।

लेखकको बयानलाई यी बुँदामा बुझ्नुस्

घटनाको वर्णन र दुख: व्यक्त : भदौ २३/२४ को घटनालाई लेखकले अकल्पनीय, दुखद र हिंसात्मक भनेका छन्। जेन-जी समूहका नाममा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाएर संसद् भवनसहितका संरचनामा आक्रमण गरिएको उनले बताएका छन् ।

सुरक्षा बैठक र निर्देशन : घटनाअघि गृह मन्त्रालयमा सुरक्षा निकायहरू (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग) सँग बैठक गरेको पनि उनले बताएका छन् । कुनै पनि व्यक्तिको ज्यान जान नदिनु, शान्ति कायम राख्नु र न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको उनले स्मरण गरेका छन्। ‘क्याजुल्टी नहोस्’ भनेर जोड दिएको उनले बताए ।

कम बल प्रयोगको जोड : प्रदर्शनकारीहरूलाई रोक्न पानीको फोहोरा, अश्रुग्यास र लाठी मात्रै प्रयोग गर्न आदेश दिएको उनले बताएका छन्। कुनै पनि गोली चलाउने आदेश नदिएको उनले बताएका छन् । सुरक्षा निकायहरूलाई ‘नो क्याजुल्टी’ भनेको दोहोर्‍याएका छन्।

नैतिक जिम्मेवारी : घटनामा नैतिक जिम्मेवारी लिई भदौ २४ मा गृहमन्त्री पदबाट राजीनामा दिएको उनले बताउका छन्। संविधान र कानुनअनुसार काम गरेको बताउँदै नैतिक रूपमा दायित्व बोकेको जनाएका छन् ।

व्यक्तिगत क्षति : घटनामा आफ्नो घर (महेन्द्रनगर र काठमाडौं) मा आगजनी भएर पुर्खाको सम्पत्ति नष्ट भएको उनले बताएका छन्। बिरामी आमालाई अस्पताल पुर्‍याउन ढिलो हुँदा केही दिनपछि मृत्यु भएको उनले उल्लेख गरेका छन्। महत्वपूर्ण दस्तावेज र पुस्तकहरू जलेको पनि उनले बताएका छन् ।

आयोगप्रतिको गुनासो : आयोगले तीन महिनाअघि काठमाडौं उपत्यका स्थानबन्दी गरेको बताएका छन् । राहदानी रोक्का गरेको तर यसबारे कुनै लिखित/मौखिक जानकारी नदिएको गुनासो उनले गरे। यो विधिको शासन र निष्पक्ष सुनुवाइविपरीत भएको उनको तर्क छ।

लोकतन्त्रमा विश्वास : लोकतन्त्र, संविधान, विधिको शासन, मानवअधिकार र सुशासनमा अटल विश्वास भएको उनको भनाइ छ। सत्र-अठार वर्षदेखि राजनीतिमा सक्रिय रहँदै कुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठाएको उनले बताएका छन् ।

सुरक्षा निकायहरूको सुधार : गृहमन्त्री हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुधारका लागि नयाँ ऐन/विधेयक तयार गरेको उनले बताए। विदेशी सहायता र खर्चको विवरण जाँच्न नयाँ कानुन बनाउने प्रक्रिया थालेको उनले सम्झाए।

घटनाको कारण : प्रदर्शनकारीहरूको माग जायज भए पनि हिंसात्मक रूप लिएको उनले बताए। जेन-जीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएर हिंसात्मक बनाएको पनि उनले बताएका छन् । सामाजिक सञ्जालबाट उक्साएको पनि उनले बताए।

आयोगलाई सुझाव : आयोगले निष्पक्ष, पूर्वाग्रहरहित छानबिन गरी सत्य-तथ्य पत्ता लगाउनु र भविष्यका लागि मार्गनिर्देश गर्नु जरुरी रहेको उनले बताए। राजनीतिक पूर्वाग्रहबाट मुक्त रहन आयोगलाई उनले भनेका छन् ।

सुरक्षा निकायहरूको भूमिका : घटनामा सुरक्षा निकायहरूले न्यूनतम् बल प्रयोग गरेको उनले बताएका छन् । कुनै गोली चलाउने आदेश नभएको उनले सम्झाए। तर घटना भएपछि नैतिक दायित्व बोकेको उनले स्वीकारेका छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ३० बजे

एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने

समानुपातिक सूची बुझाएसँगै देश निर्वाचनमा होमियो : मन्त्री खरेल

गोरखा– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने

कुलमानले मागे रास्वपामा दोस्रो वरीयता र २५ प्रतिशत भाग, बालेन तयार हुँदा रवि मानेनन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेता बालेन्द्र शाह