रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु « Khabarhub

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना जाँचबुझ आयोगमा बयान दिएका छन् । उनले ६ पृष्ठ लामो बयान दिएका हु्न् । सोमबार पौने १ बजेदेखि पौने ३ बजेसम्म दुई घण्टासम्म बयान दिएका हुन् ।

आयोगमा दिएको बयानमा उनले जेन-जी आन्दोलनको घटनाको पृष्ठभूमि, सुरक्षा व्यवस्था, नैतिक जिम्मेवारी र आयोगप्रतिको अपेक्षा उल्लेख गरेका छन्।

लेखकको बयानलाई यी बुँदामा बुझ्नुस्

घटनाको वर्णन र दुख: व्यक्त : भदौ २३/२४ को घटनालाई लेखकले अकल्पनीय, दुखद र हिंसात्मक भनेका छन्। जेन-जी समूहका नाममा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाएर संसद् भवनसहितका संरचनामा आक्रमण गरिएको उनले बताएका छन् ।

सुरक्षा बैठक र निर्देशन : घटनाअघि गृह मन्त्रालयमा सुरक्षा निकायहरू (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग) सँग बैठक गरेको पनि उनले बताएका छन् । कुनै पनि व्यक्तिको ज्यान जान नदिनु, शान्ति कायम राख्नु र न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको उनले स्मरण गरेका छन्। ‘क्याजुल्टी नहोस्’ भनेर जोड दिएको उनले बताए ।

कम बल प्रयोगको जोड : प्रदर्शनकारीहरूलाई रोक्न पानीको फोहोरा, अश्रुग्यास र लाठी मात्रै प्रयोग गर्न आदेश दिएको उनले बताएका छन्। कुनै पनि गोली चलाउने आदेश नदिएको उनले बताएका छन् । सुरक्षा निकायहरूलाई ‘नो क्याजुल्टी’ भनेको दोहोर्‍याएका छन्।

नैतिक जिम्मेवारी : घटनामा नैतिक जिम्मेवारी लिई भदौ २४ मा गृहमन्त्री पदबाट राजीनामा दिएको उनले बताउका छन्। संविधान र कानुनअनुसार काम गरेको बताउँदै नैतिक रूपमा दायित्व बोकेको जनाएका छन् ।

व्यक्तिगत क्षति : घटनामा आफ्नो घर (महेन्द्रनगर र काठमाडौं) मा आगजनी भएर पुर्खाको सम्पत्ति नष्ट भएको उनले बताएका छन्। बिरामी आमालाई अस्पताल पुर्‍याउन ढिलो हुँदा केही दिनपछि मृत्यु भएको उनले उल्लेख गरेका छन्। महत्वपूर्ण दस्तावेज र पुस्तकहरू जलेको पनि उनले बताएका छन् ।

आयोगप्रतिको गुनासो : आयोगले तीन महिनाअघि काठमाडौं उपत्यका स्थानबन्दी गरेको बताएका छन् । राहदानी रोक्का गरेको तर यसबारे कुनै लिखित/मौखिक जानकारी नदिएको गुनासो उनले गरे। यो विधिको शासन र निष्पक्ष सुनुवाइविपरीत भएको उनको तर्क छ।

लोकतन्त्रमा विश्वास : लोकतन्त्र, संविधान, विधिको शासन, मानवअधिकार र सुशासनमा अटल विश्वास भएको उनको भनाइ छ। सत्र-अठार वर्षदेखि राजनीतिमा सक्रिय रहँदै कुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठाएको उनले बताएका छन् ।

सुरक्षा निकायहरूको सुधार : गृहमन्त्री हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुधारका लागि नयाँ ऐन/विधेयक तयार गरेको उनले बताए। विदेशी सहायता र खर्चको विवरण जाँच्न नयाँ कानुन बनाउने प्रक्रिया थालेको उनले सम्झाए।

घटनाको कारण : प्रदर्शनकारीहरूको माग जायज भए पनि हिंसात्मक रूप लिएको उनले बताए। जेन-जीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएर हिंसात्मक बनाएको पनि उनले बताएका छन् । सामाजिक सञ्जालबाट उक्साएको पनि उनले बताए।

आयोगलाई सुझाव : आयोगले निष्पक्ष, पूर्वाग्रहरहित छानबिन गरी सत्य-तथ्य पत्ता लगाउनु र भविष्यका लागि मार्गनिर्देश गर्नु जरुरी रहेको उनले बताए। राजनीतिक पूर्वाग्रहबाट मुक्त रहन आयोगलाई उनले भनेका छन् ।

सुरक्षा निकायहरूको भूमिका : घटनामा सुरक्षा निकायहरूले न्यूनतम् बल प्रयोग गरेको उनले बताएका छन् । कुनै गोली चलाउने आदेश नभएको उनले सम्झाए। तर घटना भएपछि नैतिक दायित्व बोकेको उनले स्वीकारेका छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ३० बजे

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव

दोस्रो पटक घण्टी घरमा बालेन्द्र, आजै रास्वपा दलको नेता बन्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक घण्टीघरमा सुरू भएको

मप्रतिको सद्भाव र शुभेच्छालाई निराश हुन दिन्न : सुहाङ नेम्वाङ

काठमाडौं– नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले प्रभावशाली ढङ्गले जनता र

अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं– संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले