‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँ, कानुनले पनि त्यसो गर्न दिँदैन’ « Khabarhub

‘प्रधानमन्त्री र मैले जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएका थिएनौँ, कानुनले पनि त्यसो गर्न दिँदैन’


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगमा बयान दिएका छन् ।

उनले ६ पृष्ठ लामो बयान सोमबार पौने १ बजेदेखि पौने ३ बजेसम्म करिब दुई घण्टा आयोगसमक्ष दिएका हुन् । गौरीबहादुर कार्की संयोजक रहेको आयोगमा बयान दिएपछि उनले कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेका छन् ।

आयोगमा दिएको बयानमा लेखकले आन्दोलनको पृष्ठभूमि, त्यसबेलाको सुरक्षा व्यवस्था, आफूले लिएको नैतिक जिम्मेवारी र आयोगप्रतिको अपेक्षाबारे स्पष्ट पारेका छन् ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीका रुपमा आफूले सुरक्षाकर्मीलाई बल प्रयोग वा गोली चलाउन आदेश दिने कुनै कानुनी व्यवस्था नरहेको बताएका छन् ।

‘मन्त्रीले गोली चलाउनु वा दमन गर्नु भनेर आदेश दिन मिल्दैन । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा गोली प्रहार गर्न न त लिखित न त मौखिक आदेश दिइएको हो,’ उनले बयानमा उल्लेख गरेका छन् । यस्तो आदेश दिने कानुनी प्रावधान नै नभएको पनि उनले स्पष्ट पारेका छन् ।

राजनीतिक नेतृत्वको हैसियतले घटनाको पदीय नैतिक जिम्मेवारी स्वीकार गर्दै आफूले राजीनामा दिएको लेखकको भनाइ छ ।

आन्दोलनका क्रममा नियोजित र प्रायोजित ढंगले नेताका घर, आश्रम र राज्यका संरचनामाथि आक्रमण भएको दाबी उनले गरेका छन् । भदौ २४ गते छानीछानी आक्रमण गरिएको, नेताहरूका आश्रम जलाइएको र गम्भीर आपराधिक गतिविधि भएको उनले बताएका छन् ।

लेखकका अनुसार जेन–जी आन्दोलनमा घुसपैठ भएको थियो । भदौ २३ गते जुलुस माइतीघरबाट नयाँबानेश्वर पुगेपछि घुसपैठ सुरु भएको र जेन–जी पक्षले आन्दोलन सकिएको घोषणा गरिसक्दा पनि पूर्वनियोजित रुपमा विध्वंश गराइएको उनले उल्लेख गरेका छन् । जेन–जी आन्दोलनको नाममा घुसपैठ गरी तोडफोड र हिंसा मच्चाइएको उनको निष्कर्ष छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ४० बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को