रेशम चौधरीको चेतावनी : ‘म रोकिए भने शीर्ष नेताले पनि चुनाव लड्न पाउँदैनन्’ « Khabarhub

रेशम चौधरीको चेतावनी : ‘म रोकिए भने शीर्ष नेताले पनि चुनाव लड्न पाउँदैनन्’


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफूलाई आगामी निर्वाचन लागि स्वच्छ छविको उम्मेदवार रहेको दाबी गरेका छन् । 

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका उनले अदालतले अयोग्य ठहर्याएको भन्ने सञ्चारकर्मीको प्रश्नको खण्डन गरेका हुन् ।  

‘तपाईको प्रश्न नै गलत हो । मलाई उम्मेदवार बन्न नदिने हो भने शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि जेल परेका रवि लामिछाने जेन–जी आन्दोलनमा बगेको रगत सुक्न नपाउँदै  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र बालेन्द्र शाह (बालेन) कसरी पाउने ? थारू भएकै कारण रेशम चौधरीले चुनाव लड्न नपाउने ? उनले उल्टै प्रश्न गरे । 

टिकापुर घटनामा फौजदारी कार्यविधि संहिताअनुसार नै आफूले राष्ट्रपतिबाट सजाय मिनाहा पाएकोमा प्रश्न उठाउनु आवश्यक नरहेको बताए । 

‘फौजदारी कार्यविधि संहिताअनुसार घटना भएको समयमा त्यहाँ नभएको व्यक्तिलाई मुद्दा लगाउन पाइँदैन, म घटनास्थलमै थिइनँ भने म कसरी दोषी भएँ ?’

आफूलाई निर्वाचन लड्नबाट रोकेमा देशमा अर्को दुर्घटना निम्तिने भन्दै उनले चेतावनी समेत दिए ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ५ : ३० बजे

ह्वाइट हाउस बाहिर गोलाबारी, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए

वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली

जानकी गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन दान

कैलाली– कैलालीको जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन

कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कञ्चनपुर– धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १