सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस « Khabarhub

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक नीतिगत सुधारबारे बहस गरिएको छ ।

आज मानवअधिकार तथा सामाजिक रूपान्तरण अभियान नेपाल (काहुरास्ट) ले नेपालका सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरण गर्ने उद्देश्यसहित एल–टु–जी परियोजनाअन्तर्गत काहुरास्ट रिपोर्ट तथा समुदायको अभ्यास साझेदारी कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रममा मानवअधिकार तथा सामाजिक रूपान्तरण नेपालकी महासचिव मीना तिवारीले शिक्षा, स्वास्थ्य, अपाङ्गता र जलवायु परिवर्तनलगायत क्षेत्र समेटेर तयार पारिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अध्ययन सम्बन्धित समुदायले बुझ्ने सरल भाषामा सार्वजनिक गरिने जानकारी दिए ।

काहुरास्टका अध्यक्ष हुकुमप्रसाद पोख्रेलले सङ्घीय, प्रदेश तथा स्थानीय तहबाट संकलित तथ्य तथा प्रमाणमा आधारित भएर अध्ययन तयार पारिएको स्पष्ट पार्दै प्रमाणमा आधारित बहसले सीमान्तकृत समुदायका वास्तविक समस्या उजागर गर्ने बताए।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले राज्य प्रणालीका कमजोरी सच्याउन अध्ययनलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। विभेद अन्त्यका लागि नीतिगत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले दलित आयोग यस प्रक्रियामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

पूर्वमन्त्री तथा नेत्री सत्य पहाडीले अधिकार कागजमा सीमित हुनु गम्भीर चुनौती भएको उल्लेख गर्दै पछाडि पारिएका समुदायका हकअधिकार कार्यान्वयनका लागि नीति निर्माणकर्तालाई झकझक्याउन आवश्यक रहेको धारणा राखे।

गैरसरकारी महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले राज्यबाट प्रदान गरिएका सेवाको प्रभाव मूल्याङ्कन र अनुगमनमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए।

मानवअधिकार आयोगका सहसचिव टीकाराम पोखरेलले मानवअधिकार संरक्षणका लागि संस्थागत सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। कार्यक्रममा हलिया, सन्थाल, मुसहर, मुक्तकमैयालगायत समुदायको अवस्थाका आधारमा लक्षित वकालत अघि बढाउन आवश्यक रहेकोमा समेत जोड दिइयो ।

सामाजिक अभियन्ता गौरा नेपालीले हलिया मुक्तिका लागि विनियोजन गरिएको सरकारी बजेट फ्रिज हुनु दुःखद भएको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाको ध्यानाकर्षण गराए।

रिपोर्ट तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका डा. प्रेमबहादुर थापाले यस अध्ययनले नीति निर्माण र कार्यान्वयनमा ठोस आधार प्रदान गर्ने बताए । उनले कार्यक्रममा प्राप्त सुझावलाई समेटी प्रतिवेदन परिमार्जन गरी सार्वजनिक गरिने जानकारी दिए।
 

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ५ : ५९ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न