एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म « Khabarhub

एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो ।

बन्दसूचीमा पुरानो पुस्ताबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, नेता गुरु बराल, डा पुष्प कँडेललगायतत समेटिएका छन् ।

महिला समूहबाट सचिव पद्मा अर्याल, नेतृहरू टुका हमाल, निरुदेवी पाल, कोमल वली, शान्ता चौधरी र भूमिका सुब्बालगायतको नाम समेटिएको छ ।

पिछडिएको क्षेत्रतर्फ गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठजनालाई समेटिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वसमेत सूचीमा पनि समावेश गरिएको छ ।

नयाँ पुस्ताबाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायतको नाम बन्दसूचीमा छ । त्यसैगरी क्रान्ति बुर्लाकोटी, अनिता कन्दङ्वालगायतका युवा नेता पनि समावेश गरिएको छ ।

मुस्लिमबाट साजिदा सिद्दीकी, मोहम्मद हारून लगायतको नामावली छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : ०५ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री