पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ « Khabarhub

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई बलजफती प्रलोभनमा पारी लुटपाट गर्ने, दुःख हैरानी दिने र अभद्र व्यवहार गरेको आरोपमा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नमा नुवाकोट, विदुर नगरपालिका १३ बस्ने वर्ष २८ को अमृत खड्का, पर्साको बहुदरमाई नगरपालिका विश्रामपुर बस्ने वर्ष १९ को अकलेश साह, पर्साकै बहुदरमाई नगरपालिका विश्रामपुर बस्ने वर्ष ३१ को दिनेश पटेल,काभ्रेपलान्चोकको रोशी गाउँपालिका ६ बस्ने वर्ष १९ को सुजन तामाङ, रोल्पाको माडी गाउँपालिका ५ बस्ने वर्ष २२ को प्रविन ओली, काभ्रेपलान्चोककै पाँचखाल नगरपालिका ७ बस्ने वर्ष १९ को रोजन तामाङ,कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ बस्ने वर्ष २१ को जितेन्द्र सिंह वि.क, धनकुटाको धनकुटा नगरपालिका ३ कागते बस्ने वर्ष २५ को रोशनी राई, जिल्ला झापा, भद्रपुर नगरपालिका ९ बस्ने वर्ष २६ को तिर्थ राजवंशी, उदयपुरको त्रियुगा नगरपालिका ९ बस्ने रचना मगर, सुर्खेतको चौकुने गाउँपालिका ८ बस्ने वर्ष २१ की जेनिसा थापा र झापाको काकडभिट्टा नगरपालिका ३ बस्ने वर्ष ३० की संगिता तामाङ रहेका छन्  ।

पर्यटकको आवागमन बढी हुने क्षेत्रमा यस्ता गतिविधि बढेको गुनासोपछि निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : २४ बजे

नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने 

काठमाडौँ– नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज

दलितसँग माफी माग्ने सरकारसँग डा. चमारको प्रश्न : कोठा खै ?

काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को

शान्ति सम्झौता र गणतन्त्रका पक्षधरबीच मोर्चाबन्दी आवश्यक : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै