पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ « Khabarhub

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई बलजफती प्रलोभनमा पारी लुटपाट गर्ने, दुःख हैरानी दिने र अभद्र व्यवहार गरेको आरोपमा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नमा नुवाकोट, विदुर नगरपालिका १३ बस्ने वर्ष २८ को अमृत खड्का, पर्साको बहुदरमाई नगरपालिका विश्रामपुर बस्ने वर्ष १९ को अकलेश साह, पर्साकै बहुदरमाई नगरपालिका विश्रामपुर बस्ने वर्ष ३१ को दिनेश पटेल,काभ्रेपलान्चोकको रोशी गाउँपालिका ६ बस्ने वर्ष १९ को सुजन तामाङ, रोल्पाको माडी गाउँपालिका ५ बस्ने वर्ष २२ को प्रविन ओली, काभ्रेपलान्चोककै पाँचखाल नगरपालिका ७ बस्ने वर्ष १९ को रोजन तामाङ,कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ बस्ने वर्ष २१ को जितेन्द्र सिंह वि.क, धनकुटाको धनकुटा नगरपालिका ३ कागते बस्ने वर्ष २५ को रोशनी राई, जिल्ला झापा, भद्रपुर नगरपालिका ९ बस्ने वर्ष २६ को तिर्थ राजवंशी, उदयपुरको त्रियुगा नगरपालिका ९ बस्ने रचना मगर, सुर्खेतको चौकुने गाउँपालिका ८ बस्ने वर्ष २१ की जेनिसा थापा र झापाको काकडभिट्टा नगरपालिका ३ बस्ने वर्ष ३० की संगिता तामाङ रहेका छन्  ।

पर्यटकको आवागमन बढी हुने क्षेत्रमा यस्ता गतिविधि बढेको गुनासोपछि निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : २४ बजे

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२

कुलमान र बालेनसँगको सहमति नयाँ शक्तिको निर्माणको प्रारम्भिक कदम: डीपी अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका